बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनआरएन फिनल्याण्डद्वारा ५५ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण

सोमबार, १५ असोज २०७५, १८ : ५४
सोमबार, १५ असोज २०७५

काठमाडौं– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फिनल्याण्डले महोत्तरी जिल्लाका विद्यालय बाहिर रहेका ५५ जना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेको छ । सरकारले सुरुवात गरेको अभिभावकत्व ग्रहण कार्यक्रमलाई सहयोग पुर्उर्याउने उद्धेश्यले परिषदले बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेको हो ।

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाका बालबालिकहरुलाई विद्यालय भर्ना गराउने कार्यको सोमबार एक कार्यक्रमकाबीच शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुभारम्भ गरे ।  सो कार्यक्रममा विद्यार्थीहरुलाई स्थानीय महेन्द्र राष्ट्रिय उच्च मावि र जनता प्राथमिक विद्यलयमा भर्ना गराई झोला, लत्ताकपडा र स्टेस्नरी आदी शैक्षिक सामाग्री वितरण समेत गरिएको छ ।

शैक्षिक सामग्री, झोला, कपडा र खाजामा गरि प्रति बर्ष हरेक विद्यार्थीले ६,००० रुपैयाँ बराबरको सहयोग प्राप्त गर्नेछन् । शैक्षिक सामग्री वितरण, अनुगमन लागायतका व्यवस्थापकीय कार्यका लागि ६ सदस्यीय सञ्चालक समिति पनि गठन गरिएको छ ।

अभिभावकहरुलाई आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन तथा घरमा समेत पढ्ने वातावरण सृजना गर्न हरेक बर्ष उत्कृष्ट अभिभावकहरुलाई पुरस्कार र सम्मान प्रदान गरिने एनआरएनए फिनल्याण्डले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप