शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओपो एफनाइन स्टारी पर्पल रंगमा सार्वजनिक, प्रविधि, वैभव र सुन्दरताको संयुक्त नमुना

सोमबार, १५ असोज २०७५, १६ : ४३
सोमबार, १५ असोज २०७५

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले नेपाली बजारमा एफनाइन अन्तर्गत नयाँ उत्पादन आकर्षक स्टारी पर्पल रंगमा सार्वजनिक गरेको छ । पछिल्लो महिना एफनाइन सार्वजनिक समारोहमा स्टारी पर्पलका बारेमा जानकारी दिएदेखि नै बजारमा यसको तिब्र माग हुँदै आइरहको छ ।

मात्र ५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने भोक फ्ल्याश चार्ज र उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइन सुसज्जित एफनाइन स्टारी पर्पलको डिजाइन प्रयोगकर्तालाई पृथक अनुभव प्रदान गर्नुका साथै ओपोको प्राविधिक समृद्धि र नवप्रबर्तनात्मक विशेषज्ञताको प्रतिबिम्ब दिने सोचका साथ गरिएको छ ।

४१ हजार पाँच सय निर्धारण गरिएको ओपो एफनाइन असोज १६ गतेदेखि देशभर रहेका अफलाइन स्टोर्स मार्फत उपलब्ध हुनेछ ।

उद्योगकै पहिलो ६.३ ईञ्च वाटरड्रप स्क्रिन डिजाइन, ९०.८% उच्च स्क्रिन टू बडी रेसियो, पृथक ग्राडियण्ट कलर डिजाइन र ३५०० एमएएच ब्याट्री सहितको एफनाइनले उत्कृष्ट सेल्फी फञ्शनका साथै आनन्ददायी अनुभव, फास्ट चार्जिङ र लामो समयसम्म टिक्ने ब्याट्रीको सुविधापनि प्रदान गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप