बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

घटस्थापनाको दिन बाट ‘डियर जिन्दगी’

सोमबार, १५ असोज २०७५, १६ : १०
सोमबार, १५ असोज २०७५

काठमाडौं – कि इन्टरटेन्टमेन्टको प्रस्तुतिमा पिएनपी मिडियाको प्रोडक्सनमा निर्माण भएको मेघा टेलिसिरियल ‘डियर जिन्दगी’ को टाइटल गीत तथा ट्रेलर सार्वजनिक गरिएको छ ।
राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर तथा गीत सार्वजनिक गरिएको सिरियल दीप पराजुलीले निर्देशन गरेका हुन् । 
सुनिल थापा, पुस्करजंग थापा, श्रेया कार्की, सुष्मा कार्की, सुवाश पराजुली, अर्जुन गौतम, रामकृष्ण बिसी, डीबी बम्जन, एलिना खनाल, वसन्त पोखरेल, सुरेश काफ्ले लगायतका कलाकारको अभिनय उक्त सिरियलमा देख्न सकिन्छ । 
घटस्थापनाको दिनदेखि प्रत्येक बुधबारसाँझ नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘डियर जिन्दगी’मा जनक दीप पराजुलीको गीत, जुनु गौतम र विल्सन श्रेष्ठको गायन, डिजे एलेक्सको संगीत रहेको छ । च्यानल प्रोडुसर साजन घिमिरे, एसोसियट प्रोडुसर रबिन्द्र कुमार रिजाल ‘शशि’ रहेको सिरियलमा प्रोडुसर रामकृष्ण बिसी,कार्यकारी प्रोडुसर युबराज खत्री र प्रोडुसर रघुनाथ सापकोटा रहेका छन् ।

वसन्त पोखरेलको लेखन तथा मुख्य सहायक निर्देशन रहेको मेघा सिरियललाई जीवन पराजुलीको छायांकन तथा धुर्ब राज पराजुलीको सम्पादन रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप