शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेलको मृत्यु प्रकरणः थप अनुसन्धानका लागि बाग्लुङ पठाइयो

शुक्रबार, ०६ साउन २०७४, १४ : ११
शुक्रबार, ०६ साउन २०७४

फलेवास -स्थानीय कुश्मा नगरपालिका– १ पाङ घर भई आइबल एकेडेमी बोर्डिङ स्कुलका शिक्षक नारायण पौडेलको रहस्यमय मृत्युको थप अनुसन्धानका लागि पर्वतबाट बाग्लुङ जिल्ला प्रहरी कार्यालय पठाइएको छ । 

पर्वत जिल्ला प्रहरीले गरेको अनुसन्धानमा कुनै प्रमाण फेला पार्न सकेको थिएन । गत जेठ २५ गतेदेखि बेपत्ता भएका पौडेलको शव १५ दिनपछि बागलुङ जिल्लाको जैमुनी गाउँपालिका– ८ बेलवगरस्थित कालीगण्डकी नदी किनारमा फेला परेको थियो । 
पौडेलको शव बागलुङ जिल्लामा भेटिएको र बागलुङ जिल्लाबाट पत्रसाथ जाहेरी दर्खास्त लगायतका कागजात पर्वत जल्ला प्रहरीमा प्राप्त भइ अनुसन्धान गरिरहे पनि सत्य –तथ्य व्यहोरा थाहा हुन नसेकेकाले बागलुङ नै पठाइएको बताइएको छ । 
शिक्षक पौडेलको परिवारले भने विद्यालयका प्रिन्सिपल र दुईजना अभिभावकसहितको मिलेमतोमा हत्या भएको भन्दै छानबिनका लागि जाहेरी दिएका थिए । पर्वत प्रहरीले सङ्कस्पद तीन जनालाई नियन्त्रणमा लिएर छानबिन गरिरहे पनि पनि कुनै तथ्य फेला पार्न सकेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप