शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कतारको एक कम्पनीद्धारा दुई नेपाली दाजुभाईलाई नगद इनाम

सोमबार, १५ असोज २०७५, १४ : ३४
सोमबार, १५ असोज २०७५

कतार– आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनीमा विगत १० वर्षदेखि कार्यरत सिन्धुपाल्चोकका सहोदर दाजुभाई छटट बहादुर श्रेष्ठ र सोम बहादुर श्रेष्ठले जनही १५ हजार रियाल इनाम पाएका छन् ।

इमान्दारीपुर्वक कम्पनीमा काम गरेवापत् नासर अल अलि इन्टरप्राइजेज कम्पनीका नासर अल अलीबाट सो इनाम प्राप्त गरेका हुन् ।

सन् २००८ मा हेल्परका रुपमा सोही कम्पनीमा आएका श्रेष्ठ दाजुभाइहरुमध्ये छटट बहादुर कार्पेन्टर, मेसन, स्काफोल्डर, स्टील फिक्स्चर लगायतको काममा दक्षता हासिल गरी सक्षम ट्रेड वर्कर भइसकेका छन् ।

नेपालमा एउटा गार्मेन्ट कम्पनीमा काम गरिरहेका दुई छोरा र चार छोरीका बाबु छटट बहादुर आफनो आर्थिक अवस्थामा सुधार नभएपछि उनी अल नासर कम्पनीमा आएका हुन् ।

यस कम्पनीमा आफु आउन पाउनु नै आफनो अहोभाग्य सम्झेका छटट बहादुरले कम्पनीका नासर अल अली आफनो अविभावक जस्तो भएकोले आफु पराइभुमीमा भएजस्तो पनि नलागेको बताए ।

अर्का १५ हजार रियाल इनाम पाउने भाग्यमानी छटटबहादुरका भाइ सोम बहादुरपनि हेल्परमै सोही कम्पनीमा आएका हुन् अहिले सोमबहादुर स्काफोल्डीङका टिम लिडर भइसकेका छन् । अल नासर इन्टरप्राइजेज कम्पनीमै सोमबहादुरले पनि १० वर्ष विताइसकेका छन । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप