मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘च्यानाकुटी’ देखि ‘मुसुमुसु हाँस्यौ’सम्म, यो साता बजारमा आए यस्ता गीत (भिडियोसहित)

सोमबार, १५ असोज २०७५, १२ : ४५
सोमबार, १५ असोज २०७५

काठमाडौं नेपाली संगीत बजार यो साता भने केही सुस्ताएको छ । चार्ड पर्वको मौसमसँगै बिभिन्न स्थानमा आयोजना हुने मेला महोत्सवमा गायक गायिका ब्यस्त हुन थालेका कारणले नयाँ गीतसंगीतकोृ आगमनमा  केही कमी छाएको हो । तैपनि यो साता आधा दर्जन बढी गीत संगीत सार्वजनिक भएका छन् । ती यस्ता छन्ः

‘च्यानाकुटी च्यानाकुटी झ्याई’

नेपाली सांगीतिक क्षेत्रमा थुप्रै चर्चित गीत संगीत दिएका गायक गतिकार तथा संगीतकार तेजु अर्यालको नयाँ डान्सिङ लोक पप गीत ‘च्यानाकुटी च्यानाकुटी झ्याई’सार्वजनिक भएको छ । एक आकर्षक म्युजिक भिडियो सहित गीत युट्युव मार्फत सार्वजनिक भएको छ ।
स्वर, शब्द तथा संगीत अर्यालकै रहेको गीतमा म्युजिक एरेन्ज भने पुस्कर सुनुवारको रहेको छ । ‘च्यानाकुटी’ एल्बम भित्र समेटिएको गीतको भिडियो भुवन श्याङ्बो तामाङले निर्देशन गरेका हुन् ।
ग्रुभी ब्वाइज र एसके गल्र्सका साथमा नयन डिसीको आकर्षक नृत्य रहेको भिडियोमा सुर्य योन्जनको कोरिगोग्राफी रहेको छ । 

खै किन हो
खै किन हो..... बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियो गीतलाई कमल एकछाई मगरले निर्देशन गरेका हुन् । गीतलाई सुशिल पगेनीले संगीत गरेको गीतमा  अभिनेत्री निता ढुगाना र जीवन गिरीको अभिनय रहेको छ । 

हो माया
गायक बिशाल काल्तानको नयाँ गीत ‘हो माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा मोडल मिलन थिङ र निरञ्जली लामाको अभिनय रहेको छ । यूट्युबाट सार्वजनिक गरिएको म्युजिक भिडियोलाई समाचार तयार पर्दा सम्म ४३ हजार बढीले हेरिसकेका छन् । सुर्या मोक्तानको शब्द ,चन्द्र वाईवाको संगीत गतिमा रहेको छ । 

‘पापी मलेशिया’
जीवन भोगाईको क्रममा विविध बाधा, अड्चन आईपर्छ ति मध्ये कतिपय अवस्था सोचे भन्दा विल्कुलै भिन्न बनिदिन्छ । यस्तै वास्तविक घट्नामा आधारित एकदमै मनछुने म्युजिक गीत ‘पापी मलेशिया’को भिडियो सार्वजनिक भएको छ । 
अविरल मगर र सृर्जना पाण्डेको स्वर रहेको गीतमा अविरल मगर, जयराम तिमल्सिनाको शब्द रहेको छ । भिमराज गौतम ‘उदास’को संगित रहेको गीतको भिडियो नारायण मगरले निर्देशन गरेका हुन् । भिडियोमा प्रेम श्रेष्ठ, विनिता लामा, अमृत मगर ज्योति श्रेष्ठ आदिको जोडदार अभिनय देख्न सकिन्छ । 

मायामा सानु
युवा निर्देशक लिगेश भट्टराईको निर्देशन रहेको ‘मायाँमा सानु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय सांगीतिक क्षेत्रमा म्युजिक भिडियो निर्माणमा तिब्रता आईरहेको बेला निर्देशक भट्टराईले आधुनिक गीतको भिडियो दर्शकमाझ ल्याएका छन् । जयमाँ अम्बे फिल्मसकोे ब्यानरमा भानु महर्जनले ‘मायाँमा सानु।। .....’ बोलको गीतको भिडियो निर्माण गरेका हुन् ।
शब्द विमल गौतम, संगीत अर्जुन पोखरेलको रहेको यस गीतमा स्वर प्रमोद खरेल र अञ्जु पन्तको रहेको छ । 

‘मुसुमुसु हाँस्यौ’

चर्चित गायक नविन पौडेलको नयाँ लोक गीत ‘मुसुमुसु हाँस्यौ’ भिडियो सहित सार्वजनिक भएको छ । उत्कृष्ट शब्दहरुको चयन भएको गीतमा पौडेललाई धर्मराज पोखरेल र देवी घर्तिमगरले स्वरमा साथ दिएका छन् ।
धर्मराज पोखरेल, बाबुराम पन्थीको शब्द रहेको गीतमा संगीत नविन पौडेललकै रहेको छ । सुरेन्द्र र आरुसीको अभिनय रहेको भिडियो कुमार केसीले निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप