बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फष्टलुकमा यस्तो देखियो चलचित्र ‘गुनगुन’

सोमबार, १५ असोज २०७५, ११ : ०५
सोमबार, १५ असोज २०७५

काठमाडौं – ३० कार्तिकमा रिलिज मिति तय गरिएको चलचित्र ‘ गुनगुन’को पोस्टर सार्वजनिक गरिएको छ । कथासार झल्काउर्दै मुख्य कलाकारलाई समेटिएर पोस्टर निर्माण गरिएको छ । 

पोस्टर सार्वजनिकसँगै निर्माण युनिटले चलचित्रको प्रचार पनि अगाडि बढाएको जनाएको छ । प्रेमसँगै सामाजिक कथा बिषय बनाइएको चलचित्र पुकार भट्टाराईले निर्देशन गरेका हुन् । 

पुराना कलाकार पुकारको यो निर्देशनमा डेब्यु चलचित्र हो । प्राथना फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रमा संचिता लुइँटेल , रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ ।

चलचित्रमा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ । प्रेमकथामा आधारित यो चलचित्र उपत्यका बाहिर आरआर फिल्मस् र उपत्यका भित्र सुनिल मानन्धरले वितरण गर्नेछन् ।

– आफूले कलाकारिता मार्फत संगालेको अनुभवलाई यो चलचित्रमा उतारेको पुकार भट्टराईले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप