सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जापानः आँधी चामीको असरले एक हजार उडान रद्द

सोमबार, १५ असोज २०७५, ०८ : ०३
सोमबार, १५ असोज २०७५

बीबीसी

जापानमा शक्तिशाली आँधी चामीका कारण जनजीवन प्रभावित भएको छ । रिपोर्ट अनुसार आँधीका कारण थुप्रै घाइते भएका छन् भने उडान र रेलमा पनि असर पुगेको छ ।

चामीको असरले कम्तीमा एक हजार उडान रद्द भएको बताइएको छ । 

चामी आँधी आइतबार स्थानीय समय अनुसार बेलुका आठ बजे जापानको पश्चिमी शहर ओसाका पुगेको थियो ।

आँधी तटमा ठोक्किने बेला दुई सय १६ किलोमिटर प्रतिघण्टाको गतीमा हावा चलिरहेको थियो ।

आँधीका कारण विभिन्न उडान र रेल रद्द गरिएको छ । साढे सात लाखबढि घरमा बिजुली आपूर्ती बन्द भएको छ ।

तीब्र हावा र आँधीको असरले कम्तिमा ८४ जना घाइते भएका छन् ।

हालै जापानले जेबी आँधीको कहर झेलेको छ । उक्त आँधी २५ वर्षको सबैभन्दा शक्तिशाली आँधी थियो । यसका कारण कम्तिमा सातजनाको मृत्यु भएको थियो र जनजीवनमा अत्यधिक असर परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप