यसरी समातिए १४ वर्षअघिको हेमकर परिवार हत्याकाण्डका मुख्य अभियुक्त
काठमाडौं– नेपालगञ्जमा १४ वर्षअघि सुनचाँदी व्यावसायी दिपक हेमकरसहित ५ जनाको हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले शनिबार बिहान मुख्य अभियुक्त किशोरीलाल सोनीलाई पक्राउ गरेको हो । शनिबार बिहान भारतबाट जमुना नाका हुँदै नेपाल फर्किदै गरेका सोनीलाई विशेष सुरकीका आधारमा पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले रातोपाटीलाई बताए ।
पक्राउ पर्ने सोनी दिपकका ससुरा हुन् । उनले २०६२ साल फागुनमा एकै परिवारका ४ जनासहित ५ जनाको घाँटी रेटेर सुतिरहेकै ठाउँमा हत्या गरेका थिए ।
अभियुक्त सोनी भारतको सितापुरमा लुकेर बसिरहेको प्रहरीले यसअघि नै विशेष सुचनाका आधारमा संकेत पाइसकेको थियो । ‘सोही सुचनाका आधारमा शनिबार बिहान सोनी फर्किदैछन् भन्ने हामीले थाहा पायौं, हामीसँग भएको पुरानो हुलियाका आधारमा पक्राउ गर्न सफल भयौं,’ एसपी पौडेलले भने ।
१४ वर्षअघि सुन व्यावसायी ३२ दीपकसहित ६२ वर्षीय जगदेव हेमकर, ८२ वर्षीया गुलावदेवी हेमकर, ४५ वर्षीया सीतादेवी हेमकर र घरमा काम गर्न राखिएका रामशनिचर चौधरीको हत्या भएको थियो ।
सोनीले आर्थिक लेनदेनको विवादमा उनीहरुको हत्या गरेको आरोप प्रहरीले लगाएको छ । हत्या भएका हेमकर परिवारबाट करिब ३० लाख बराबरको सुनचाँदीका गहना समेत लुटिएको थियो ।
पक्राउ परेका सोनीलाई थप अनुसन्धानका लागि ७ दिन म्याद थपिएको एसपी पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण