बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

तनुश्रीमाथि राखी सावन्तको आरोप, ‘उनी लागुऔषधका कारण ढलेकी थिइन्, मैले पूरा गरें गीत’

आइतबार, १४ असोज २०७५, १३ : २१
आइतबार, १४ असोज २०७५

तनुश्री दत्ताले १० वर्ष अघि रिलिज भएको फिल्म ‘हर्न ओके प्लिज’ को सुटिङका क्रममा नाना पाटेकरले आफूमाथि यौनहिंसा गरेको आरोप लगाइन् । उनको यो बयानपछि हंगामा मच्चिएको छ । अब यो मामलामा राखी सावन्तको बयान सार्वजनिक भएको छ । हुन त राखीलाई ‘कन्ट्रोवर्सी क्विन’ भनिन्छ तर उनको यो बयान यसकारण महत्वपूर्ण छ किनभने ‘हर्न ओके प्लिज’ को एक गीतमा राखी सावन्तले नै तनुश्री दत्तालाई रिप्लेस गरेकी थिइन् ।

राखी सावन्तले हर्न ओके प्लिजको गीतमा आफूले तनुलाई रिप्लेस गरेको कारणबारे जानकारी दिँदै भनिन्, ‘तनुश्रीले फिल्मको गीतको सुटिङ गरेकी थिइन् तर त्यसलाई बीचमा नै छोडिन् । त्यसपछि मलाई कोरियोग्राफर गणेश आचार्यको फोन आयो । उनले मलाई गीतको सुटिङ गर्नुपर्ने भएकाले तत्काल सेटमा आउन भने । म अचम्मित भएँ, त्यसपछि नाना पाटेकरको पनि फोन आयो । उनले पनि मलाई गीतको सुटिङ गरिदिन आग्रह गरे । त्यसपछि म सेटमा पुगें ।’

उनले थपिन्, ‘सेटमा पुगेपछि मलाई थाहा भयो कि त्यो तनुश्रीको गीत रहेछ । उनले गीतको केही अंश सुट गरिसकेकी थिइन् तर पछि उनले सुटिङ रोकिन् । भ्यानिटी भ्यानमा रहेकी उनलाई सबैले बारम्बार बोलाउँदा पनि उनले ढोका खोलेकी थिइनन् । ’

‘नाना पाटेकरले मलाई सबैकुरा सम्हाल्न भने । त्यहाँ निकै ठूलो सेट भएको र  सयभन्दा बढि डान्सर उपस्थित भएको भन्दै आफूले सहयोग नगरे निर्माताको पैसा डुब्ने बताए । जब मैले सबैकुरा सुनें तब तनुश्रीलाई बोलाउन गएँ, त्यतिबेला पनि ढोकै खोलिनन्  । त्यसपछि मैले उनका हेयर ड्रेसर र मेकअप आर्टिस्टलाई फोन गरें तब मलाई वास्तविक कारण थाहा भयो ।’

राखीले भनिन्, ‘त्यो दिन तनु लागुऔषधका कारण भ्यानमा चार घण्टासम्म बेहोस भएकी थिइन् । उनले आज निकै ठूल्ठूलो कुरा गरिरहेकी छिन् । तर म उनको वास्तविकता सबैलाई बताउन चाहन्छु ।’

उनी थप्छिन्, ‘जब मैले तनुको गीत गरें तब उनले मलाई नोटिस पनि पठाइन् । तर फिल्मको टिमले मैले अन्तिम अवस्थामा सहयोग गरेको भन्दै मेरो बचाउ गरे ।’

राखीले आफू मर्ने बेलासम्म नाना पाटेकरको समर्थनमा हुने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप