के भएको हो प्रचण्डपत्नीलाई ? प्रचण्डको राजनीतिक सक्रियता खुम्चिँदो
पुर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एक वर्षदेखि पारिवारिक तनावमा छन् ।
पुत्रवियोगको शोकमा जीवनसँगिनी सीताको रोग थपिएको छ ।
उनको हेरचाह र उपचारमा ध्यान दिनुपर्दा नेपाली राजनीतिका चलायनमा नेता प्रचण्डको परिधि नै खुम्चिएको छ ।
आठ महिनादेखि थलिएकी छिन्, सीता ।
१० असोजमा सिंगापुरमा उपचार फलोअपका लागि उनीसँग छोरी गंगा र भतिज समिर मात्रै जाने तयारी थियो । तर, सीताले प्रचण्डलाई पनि लैजान जोडबल गरिन् ।
र, पार्टी अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओलीसमते देशबाहिर रहेका बेला उनी पार्टीका तल्ला कमिटी एकीकरणको व्यस्तता छाडेर पत्नीको उपचारमा सिंगापुर जानुपर्यो ।
३० भदौमा चीन भ्रमणमा जाँदा समेत प्रचण्डले पत्नी सीता, छोरी र नातिनातिना सँगै लग्नुपरेको थियो ।
पारिवारिक स्रोत भन्छ पत्नीको विरामी अवस्थाले अध्यक्ष प्रचण्डले पहिलेजस्तो राजनीतिक सक्रियता मुस्किल भईरहेको छ । आजको नेपाल साप्ताहिकमा यो खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण