शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फेरि किन कार्यकारी राष्ट्रपतिको मुद्दा उठाउँदैछ माओवादी ?

शुक्रबार, ०६ साउन २०७४, ११ : ५०
शुक्रबार, ०६ साउन २०७४

काठमाडौं – संविधान निर्माणका बेला तत्कालिन शक्ति सन्तुलनलाई ध्यानमा दिएर थाती राखेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेन्डालाई माओवादीले फेरि अगाडि सार्ने भएको छ । साउन २ गतेबाट शुरु भएको माओवादीको केन्द्रीय सचिवालय वैठकमा पार्टी अध्यक्ष प्रचण्डले अहिलेको चुनाव प्रणालीले देशका स्थिरता नआउने तथा विकास र समृद्धिका लागि बाटो नखोल्ने भन्दै अब फेरि प्रत्यक्ष कार्यकारी प्रमुखको मुद्दा लिएर जनताकहाँ जानु पर्ने बताएका छन् ।

वैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले बैठकमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा जनमत बनाउन नेताहरुलाई निर्दैशन दिएका थिए । ‘अहिले देशमा पहाडी र मधेशी राष्ट्रवाद देखापरेको छ । दुवै राष्ट्रवादलाई सन्तुलनमा राष्ट्र अब प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसहितको शासकीय मोडल अपनाउनुपर्छ ।’ बैठकमा प्रचण्डको भनाई थियो, ‘पहाड, हिमाल र मधेशलाई एकीकृत बनाएर लैजान पनि यसको खाँचो छ । अब तपाईंहरु यो मुद्दा लिएर जनतकहाँ जानुहोस् ।’

माओवादीको वैठकमा बोल्ने अन्य नेताहरुले पनि प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा जनमत बनाउनुपर्ने बताएका थिए । प्रचण्डले यो विषयलाई संविधान संसोधनको मुद्दा बनाउनु पर्ने बताएका छन् ।
 
पहिलो र दोस्रो चरणको स्थानीय तहमा पैसाका बलमा चुनाव प्रभावित पारिएको र भविष्यमा प्रदेश र संघीय चुनावपनि यसरी नै प्रभावितहुन सक्ने माअ‍ोवादी नेताहरुको बुझाई छ । यस्तो अबस्थामा राजनीतिक अस्थिरता बढ्न सक्ने माओवादी नेताहरुको दावी छ । यसैका लागि उनीहरुले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको मुद्दा उठाउन थालेको बताएका छन् ।

माओवादीले संविधान बनाउने बेला प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेन्डा थाती राखेको थियो । यस विषयमा उसले फरम त पनि लेखेको थियो ।

पछिल्लो पटक यो विषयलाई नयाँ शक्ति र संघीयसमाजवादी फोरमले मुद्दा बनाएका थिए । यद्यपि प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा काँग्रेस र एमालेभित्र केही नेताहरुले लबिङ गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप