बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

झण्डै चार अर्बको आइपिओ आउँदै, कुन कम्पनीले कति ल्याउँदैछन् ?

शुक्रबार, १२ असोज २०७५, १५ : ३१
शुक्रबार, १२ असोज २०७५

सेयर बजारमा झण्डै ४ अर्बको आइपिओ भित्रने तरखरमा  छ । लघुवित्त, इन्भेष्टमेन्ट कम्पनी तथा विभिन्न जलविद्युत कम्पनी गरेर १८ वटा कम्पनीले आइपिओ निष्काशनको अनुमति माग्दै पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । 

विभिन्न १८ कम्पनी ३ अर्ब ९७ करोड ३ लाख ४१ हजार ६ सय रुपैयाँ बराबरको ३ करोड ९७ लाख ३ हजार ४ सय १६ कित्ता आइपिओ निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेका हुन् । आइपिओ निष्काशनको अनुमति माग गर्नेमा धेरै जसो जलविद्युत कम्पनी रहेका छन् ।  

सिडिइबिडी हाइड्रो फण्डले २०७४ असार २७ गतेनै आइपिओ निष्काशनको अनुमति मागेर आवेदन दिएको थियो । त्यसको चारदिनपछि अर्थात असार ३२ गते उसले थप कागजात समेत बोर्डलाई पेश गरेको थियो । आवेदन दिएको १ बर्षभन्दा पनि बढी भइसकेको अवस्थामा यसले हालसम्म अनुमति पाउन सकेको छैन । यसले २२ करोड ८९ लाख बराबरको सेयर निष्काशनको माग राखेर आवेदन दिएको हो । 

यता शिव श्री हाइड्रो पावरले पनि २०७४ माघ २४ गते १४ लाख ७६ हजार कित्ता सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको थियो । यस्तै मैलुङ खोला जलविद्युत कम्पनीले पनि २०७४ असोज २० गते ७ लाख ३६ हजार कित्ता आइपिओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । 


स्रोत : नेपाल धितोपत्र बोर्ड 

आवेदन दिएको दुई वर्षमा पनि गरजंग उपत्यका हाइड्रोपावरले पाएन अनुमति 
गरजंग उपत्यका हाइड्रोपावरले आइपिओ निष्काशनको माग गरेर बोर्डमा आवेदन दिएको २ वर्ष पुगेको छ । अझै पनि यसको आइपिओ पाइपलाइन मै छ । कम्पनीले २०७३ असोज १४ गते २ करोड रुपैयाँ बराबरको सेयर निष्काशनको माग गरेको थियो । बोर्डले क्रेडिट रेटिङ पत्र पेश गर्न २०७४ बैंशाख १३ गते नै भनेको थियो । तर, हालसम्म पनि गरजंगले क्रेडिट रेटिङको पत्र पेश नगरेकोले निष्काशनको अनुमति नपाएको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले बताए । उनका अनुसार आइपिओको लागि आवेदन दिएर निष्काशनमा जति पनि ढिला भएको छ सबै सम्बन्धित कम्पनीले समयमै कागजान उपलब्ध गराउँन नसकदा ढिला भएको हो । 

यता लाफिङ बुद्ध पावर नेपाल र युनिक हाइडेलले पनि आइपओि निष्कानश अनुमति मागेको झण्डै डेढ वर्ष हुन लाग्दा समेत निष्काशन हुन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप