जनताका विपक्षमा भएका निर्णय सच्याउन माग
काठमाडौं– ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशमा निरन्तर भइरहेका अपराधिक घटना र सरकारी अकर्मण्यताको विरोध गरेको छ । सो पार्टीका संयोजक कट्टेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारबाट देश र जनताको विपक्षमा भईरहेका कतिपय निर्णयहरु सच्याउन माग समेत गरेका छन् ।
विज्ञप्तिमा हालै सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धिपछि यातायातको भाडा बढाएर जनतालाई महंगी थुपारेको मूल्यबृद्धि तत्काल फिर्ता लिन र सिण्डिकेट अन्त्य गरेर सार्वजनिक यातायातमा सरकारी हस्तक्षेप बढाउन माग गरिएको छ ।
‘कालाबजारिया तथा नाफाखोरहरुले बजारमा कृत्रिम अभाव खडा गरेर चाडवाडको मुखमा दैनिक उपभोग्य वस्तुमा व्यापक मूल्यबृद्धि गरेका छन् । यसवाट आम जनताको जनजीवन कष्टकरमात्र बनेको छैन, जीवन निर्वाह गर्नै नसक्ने अवस्था सिर्जना भएको छ ।
आफुलाई कथित कम्युनिष्ट सरकार भनेर नथाक्नेहरु टुलुटुल हेरेर बसेकामात्र छैनन्, तिनै नाफाखोरहरुसँग कमिसन बटुल्ने ध्यानमा निर्लिप्त भएको आभाष जनताले गरिरहेका छन्’ संयोजक कट्टेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेकपाले विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई हालै रिहाई गरिएपनि अझै त्यो पार्टीका कैयांै नेता तथाकार्यकर्ताहरुलाई गिरफ्तार गरी गैह्रकानुनी ढंगले थुनामा राखिएकोमा सरकारको कार्यशैलीको निन्दा र भत्र्सना गरेको छ ।
त्यस्तै सरकारले बुढी गण्डकी जलासययुक्त विद्युत आयोजना फेरि चीनको थ्री गर्जेजलाई दिने निर्णयको पनि विरोध गरेको छ ।
सो पार्टीले वाइड बडी जहाज खरिद प्रकरणमा तथा निजगढ विमानस्थल निर्माण पारदर्शी बनाउन आग्रह गर्दै सिके राउत प्रवृत्तिलाई परास्त गर्न कडा कदम चाल्न सरकारसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कार दुर्घटनामा व्यवसायी रेशम थापाको मृत्यु
-
सुकुमबासी परिवारसँग गृहमन्त्रीले मागे माफी
-
व्यापारी श्रेष्ठको हत्या आरोपीलाई १० वर्षको कैद सजाय
-
ट्रम्पको नयाँ धम्कीः बिहीबार राति इरानमाथि ठुलो आक्रमण हुनेछ
-
मिसेस ग्लोबल नेपाल २०२६ को उपाधि सभ्या महर्जनलाई
-
‘यो बजेट टाई लगाउनेलाई हो, गाई पाल्ने किसानका लागि होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण