शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नानापछि तनुश्रीले लगाइन् विवेकमाथि आरोपः भनेका थिए, ‘कपडा खोल’

शुक्रबार, १२ असोज २०७५, १२ : २८
शुक्रबार, १२ असोज २०७५

बलिउड नायिका तनुश्री दत्ताले जबदेखि नाना पाटेकरमाथि दुर्व्यवहारको आरोप लगाएका थिए त्यतिबेलादेखि फिल्म इन्डष्ट्रिमा हल्लाखल्ला मच्चिएको छ । जहाँ एकतर्फ केही सेलिब्रिटी यो मामलामा केही प्रतिक्रिया दिन बचिरहेका छन् भने फरहान अख्तर, स्वरा भास्करजस्ता कलाकार तनुश्रीको समर्थनमा आएका छन् । नाना पाटेकरपछि तनुश्रीले एक निर्देशकमाथि गलत व्यवहार गरेको आरोप लगाएका छिन् ।

तनुश्रीले डिएनएलाई दिएको अन्तर्वार्तामा फिल्म निर्देशक विवेक अग्निहोत्रीमाथि फिल्म चकलेट फिल्मको एक गीतको सुटिङका बेला कपडा उतारेर डान्स गर्न निर्देशन दिएको बताएकी छिन् ।

उनका अनुसार उनले इरफानसँग एक गीतको सुटिङ गरिरहेकी थिइन् । त्यतिबेला विवेकले उनलाई इरफानको अगाडि क्यूज दिन भने । उनले भनिन्, ‘उक्त सीनमा मेरो आवश्यकता थिएन तर पनि विवेकले भने, ‘कपडा फुकाल र उसको (इरफान) अगाडि नाच ।’

सुटिङका बेला इरफान र सुनिल शेट्टी दुबै त्यहाँ उपस्थित थिए । इरफानले तनुश्रीलाई असहज पाएपछि विवेकलाई तत्काल भने, ‘मलाई थाहा छ कस्तो अभिनय गर्नुपर्छ र मलाई क्युजको आवश्यकता छैन ।’ त्यसपछि सुनिल शेट्टी पनि तनुश्रीको समर्थमा उत्रिए । सुनिलले विवेकलाई भने, ‘म त्यहाँ आएर तँलाई दिऊँ क्यूज ?’

तनुश्रीले अन्तर्वार्तामा भनिन्, ‘इरफान र सुनिलजस्ता कलाकारका कारण नै म यो इन्डष्ट्रिमा टिकिरहें । तर सन् २००८ मा हर्न ओके प्लिजको सुटिङको क्रममा जुन दुर्घटना भयो त्यसपछि मैले फिल्ममा काम नै गर्न बन्द गरें ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप