बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नाना पाटेकरमाथि तनुश्रीको आरोपमा बाँडियो बलिउड, समर्थनमा उत्रिए यी सेलिब्रिटी

शुक्रबार, १२ असोज २०७५, १० : ५२
शुक्रबार, १२ असोज २०७५

पूर्व मिस इन्डिया तनुश्री दत्ताले नाना पाटेकरमाथि गम्भीर आरोप लगाएपछि बलिउड दुई ध्रुवमा बाँडिएको छ । यो विवादमा अमिताभ, आमिर र सलमानजस्ता सेलिब्रिटीले सुरक्षित बयान दिएर यसबाट पन्छिने कोसिस गरेका छन् भने बी–टाउनका केही सेलिब्रिटीले तनुश्रीको खुलेर समर्थन गरेका छन् । यसमा स्वरा भास्कर, रिचा चड्डा र फरहान अख्तर समावेश छन् ।

तनुश्रीको समर्थनमा रिचाले ट्वीट गरिन्, ‘तनुश्री दत्ता हुनु दुःखद हो । एक्लो र प्रश्नले घेरिएको । कुनै पनि महिलाले आफू ट्रोल हुन चाहन्नन् र आफ्नो लागि  असंवेदनशीलताको ढोका खोलिने गरी चर्चामा आउन चाहँदैनन् । उनीमाथि सेटमाथि भएको दुर्व्यवहार भयो, उनको गल्ती एउटै थियो कि उनी चुप बसिनन् । तनुश्री दत्ता हुनका लागि निकै हिम्मत चाहिन्छ ।’

यस्तै, स्वरा भास्कर पनि तनुश्रीको समर्थनमा आएकी छिन् । उनले तनुश्रीको एउटा भिडियो सेयर गर्दै लेखिन्, ‘ #IBelieveYouTanushreeDutta’

नायक फरहान अख्तरले पनि तनुश्री–नाना विवादमा ट्वीट गरे । उनले पत्रकार जेनिस सिकेरियाको ट्वीट रिट्वीट गरे जसमा उनले तनुश्रीको भनाईमा वास्तविकता भएको बताए । ती पत्रकारले दाबी गरिन् कि १० वर्षअघिको उक्त घटनाका बेला उनी पनि त्यहाँ उपस्थित थिइन् ।

फरहानले ट्वीट गरेर लेखिन्, ‘घटनाका बेला जेनिस त्यहाँ उपस्थित थिइन् जसमाथि आज बहस भइरहेको छ । १० वर्ष अघि आफ्नो करियरका लागि उनी यसबारे चुप लाग्न सक्थिन् तर उनले यसो गरिनन् । उनको कहानी अहिले पनि परिवर्तन भएको छैन । उनको साहसको प्रशंसा गर्नुपर्छ । उनको आशयमा प्रश्न उठाइनु हुँदैन ।’

के हो पूरा मामलाः

तनुश्रीले नाना पाटेकरमाथि सुटिङका क्रममा दुर्व्यवहार र छेडछाडको आरोप लगाएकी छिन् । उनले सन् २००८ मा एक फिल्मको सुटिङको क्रममा नानाले आफूमाथि जबर्जस्तीको कोसिस गरेको आरोप लगाइन् । उनले भनिन्, ‘नाना पाटेकर जबर्जस्ती नजिकिन चाहन्थे, उनी सुटिङको क्रममा गीतको हिस्सा थिएनन्, यति हुँदा हुँदै पनि उनीसँग इन्टिमेट हुने कोसिस गरे । गीतका कोरियोग्राफर गणेश आचार्य, निर्देशक राकेश सारंग र निर्माता सामी सिद्दीकी सबै यो कुरासँग परिचित छन्, तर कसैले केही गरेनन् ।’ यो मामलामा गणेश आचार्यको प्रतिक्रिया सार्वजनिक भएको छ । उनले तनुश्रीलाई झुटो बताउँदै नानाको समर्थनमा उत्रिएका थिए ।

तनुश्रीको आरोपमा के भन्छन् नाना ?

आफूमाथि लागेको संगीत आरोपमा नानाले प्रतिक्रिया दिएका छन् । उनले आरोपलाई अस्विकार गर्दै भने, ‘उनको यौनहिंसाको अर्थ के हो ? त्यहाँ ५० देखि सयजना मानिसहरु थिए । म हेर्छु कि कानूनी रुपमा म के गर्न सक्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप