बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : एकसाथ ‘कथा काठमाडौँ’, ‘अनुराग’, ‘छिरिङ’

शुक्रबार, १२ असोज २०७५, १० : ३९
शुक्रबार, १२ असोज २०७५

काठमाडौं –फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट ३ नयाँ नेपाली चलचित्र प्रदर्शनमा आए । ति हुन् – ‘कथा काठमाडौँ’, ‘अनुराग’, ‘छिरिङ’ । यी सबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् ।

यद्यपी देशभरका चलचित्र भवन यी ३ चलचित्रले मात्र पाउने छैन । अघिल्लो साता रिलिज भएका मध्य ‘इन्टु मिन्टु लन्डनमा’ चलचित्रले पनि केही स्टेशन अझै कब्जा गरेको छ । 

‘कथा काठमाडौँ’

संगीता श्रेष्ठले निर्देशन गरेको ‘कथा काठमाडौं’ लाईफ स्टाईल र क्राईम जनरामा बनेको छ । अन्तरंग दृश्यका कारण चर्चा र बिवादमा रहन सफल यो चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रहरी, अयुष्मान देशराज जोशी, सन्ध्या केसी, संजोग कोइराला लगायतको अभिनय देख्न सकिन्छ । 

निर्देशक संगीता आफैले चलचित्र लेखेकी हुन् । विजय राईको निर्माणमा तयार भएको यो चलचित्र तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको हो ।

अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत दिएका छन् ।

‘अनुराग’
सत्यराज चौलागाईको निर्देशन रहेको चलचित्र ‘अनुराग’ म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको छ ।

एलिजा गौतम, समुन्द्र पण्डित, सरोज खनाल, राजाराम पौडेल, रुपा राना, विश्व बस्नेत, शिशिर राणा, मोहन निरौला लगायत कलाकारको अभिनय चलचित्रमा देख्न सकिन्छ । पत्रकार ऋषीराज धमलाले यसलाई निर्माण गरेका हुन् ।

‘छिरिङ’
गायक यस कुमार निर्देशित ‘छिरिङ’ फेमिली ड्रामामा आधारित छ । निमा रुम्बा, कामना भुजेल तथा निर्देशक स्वयम् चलचित्रको मुख्य कलाकारको भूमिकामा छन् ।

चलचित्रले आर्य र मङ्गोल समुदायको द्वन्द्वको कथा समेटेको निर्देशक यश कुमारले बताए । ‘छिरिङ’ मार्फत गायक निमा रुम्बा एक दशकपछि ठूलो पर्दामा फर्किएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप