शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुलामा विद्युतीकरणका लागि साढे चार करोड

शुक्रबार, १२ असोज २०७५, ०९ : ५१
शुक्रबार, १२ असोज २०७५

दार्चुला । चालू आर्थिक वर्षमा दार्चुलामा विद्युतीकरणका लागि रु साढे चार करोड बजेट विनियोजन भएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जिल्लामा एचटी एलटी लाइन निर्माण तथा ट्रान्सफर्मर जडानका लागि रु चार करोड ६० लाख बजेट विनियोजन भएको हो । 

विद्युतीकरण भएका तथा नभएका क्षेत्रमा रकम विनियोजन भएको छ । जिल्लामा हालसम्म राष्ट्रिय विद्युत्को प्रसारण नपुगेको अपी हिमाल गाउँपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाका लागि रु एक–एक करोड बजेट विनियोजन गरिएको छ । 

यस्तै शैल्यशिखर नगरपालिकाको मल्चौरादेखि बनतोलीसम्म विद्युतीकरणका लागि रु १५ लाख, मालिकार्जुन र लेकम गाउँपालिकामा विद्युतीकरणका लािग रु १५ लाख बजेट विनियोजन भएको छ । दुहू गाउँपालिकामा विद्युतीकरणका लागि रु ३० लाख तथा महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा विद्युतीकरणका लागि रु एक करोड बजेट विनियोजन भएको ऊर्जामन्त्री वर्षमान पुनका स्वकीय सचिवालयका जनसम्पर्क अधिकृत मञ्जु वमले जानकारी दिइन्। दार्चुलाको व्यास गाउँपालिकाका लागि भने विद्युतीकरणमा बजेट विनियोजन भएको छैन् । व्यास गाउँपालिकामा मन्त्रालयको बजेट छुटेको रहेछ उनले भनिन्, व्यासको लागि पहल भइरहेको छ । बजेट नपुगेको क्षेत्रमा तत्काल प्रदेशमा पठाइएको बजेटबाट सम्बोधन गरिने उनले बताइन् । 

मन्त्रायबाट प्रदेशका लागि रु ६० करोड बजेट विनियोजन भएको छ । पहिलो चरणमा रु ३८ करोड तथा थप बजेट माग भएपछि रु २२ करोड बजेट थपिएको छ । दुवै बजेटबाट प्रदेश नम्बर ७ का ९ वटै जिल्लामा बजेट विनियोजन गरिने बमले बताइन्। जसअनुसार दार्चुलाको थप रु ५ करोड बजेट छुट्टिनेछ । 

सङ्घीय मन्त्रालयबाट विनियोजित बजेट सिधै गाउँपालिकाले सम्बन्धित शीर्षकमा खर्च पाउनेछन् । दार्चुलाको यसअघि विद्युतीकरणको शुरुवात नभएको क्षेत्रको लागि पहिलो चरणमा बढि बजेट विनियोजन गरिएको अधिकृत बमले बताइन्। नौगाड अपिमा हालसम्म राष्ट्रिय विद्युत लाइन विस्तारको काम शुचारु भएको छैन् । मार्मा दुहुँ लेकमलगायतका अन्य गाउँपालिकामा गत वर्षबाट विद्युतीकरणको काम शुरुवात भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप