बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आइतबारदेखि जापानमा नेपाली हाइकु सम्मेलन हुने

बिहीबार, ११ असोज २०७५, १७ : १५
बिहीबार, ११ असोज २०७५

काठमाडौँ– अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन यही असोज १४ र १५ गते जापानको टोकियोमा हुने भएको छ ।  पन्ध्र वर्षअघि नेपालमा शुरु भएको उक्त सम्मेलन हाइकुको जन्मथलो जापानमा गर्ने निर्णय भएको नेपाल हाइकु केन्द्र(नेहा)का अध्यक्ष रामकुमार पाँडेले जानकारी दिए । सम्मेलन नेहा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान शाखाको संयुक्त आयोजनामा हुनेछ । 

सम्मेलनमा जापानका हाइजिनले पनि नेपाली कविलाई साथ दिनेछन् । शिनओकुबोस्थित नेपाली मुरा कक्ष (सोलमारी) मा हुने कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको अन्तर्राष्ट्रिय साहित्य समाजका वरिष्ठ उपाध्यक्ष एवं हाइजिन प्रकाश पौडेल माइलाले बताए ।

सम्मेलनका क्रममा झन्डै एक दर्जन नेपाली हाइकु कृतिको विमोचन गरिने तथा पाँडे र पौडेलले अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । सम्मेलनमा नेपालबाट पाँडे, अश्विनी कोइराला, प्रभा बराल, विजयराज आचार्य, शिरोमणि दवाडी र किरण पौडेल तथा बेलायतबाट कृष्ण बजगाईँको सहभागिता हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप