बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आशिक बनाए आपनेकी नायिका तनुश्रीले नाना पाटेकरमाथि लगाइन् उत्पीडनको आरोप

बिहीबार, ११ असोज २०७५, ११ : ००
बिहीबार, ११ असोज २०७५

बलिउड नायिका तनुश्री दत्ता लाइमलाइटबाट निकै टाढा छिन् । मंगलबार उनी एकपटक पुनः चर्चामा आइन् । कारण बन्यो उनको अन्तर्वार्ता जसमा उनले १० वर्ष पुरानो उत्पीडनको मामलामा बलिउड अभिनेता नाना पाटेकरमाथि आरोप लगाएकी छिन् । जुम टिभीलाई दिएको अन्तर्वार्तामा तनुश्री दत्ताले फिल्म ‘हर्न ओके प्लिज’ को सेटमा यौन उत्पीडन गरेको खुलासा गरिन् । नायिकाले नाना पाटेकरमाथि संगीन आरोप लगाइन्, साथै सेटमा उनीमाथि भएको हमलाको पनि खुलासा गरिन् ।

१० वर्ष पुरनो यो मामलालाई याद गर्दै तनुश्री भन्छिन्, ‘नाना पाटेकरबारे हरेकलाई जानकारी छ । उनको व्यवहार महिलाप्रति अपमानजनक रहेको छ । इन्डष्ट्रिका मानिसहरुलाई उनीबारे सबैकुरा थाहा छ । उनले नायिकालाई कुटपिट र उत्पीडनको शिकार बनाएका छन् । महिलाप्रति उनको व्यवहार सधैं क्रुर रयो तर कुनै पनि प्रकाशन गृहले यो मुद्दामाथि केही लेखेन ।’

तनुश्रीलाई विश्वास गर्ने हो भने फिल्म ‘हर्न ओके प्लिज’ को सेटमा उनी सोलो आइटम नम्बरको सुटिङ गरिरहेकी थिइन् । तर नाना पाटेकर जबर्जस्ती गीतमा प्रवेश गरेर उनलाई गलत तरिकाले छोएको आरोप लगाइन् ।

तनुश्रीको आरोप अनुसार नाना पाटेकर उनीसँग निकै अशिष्ट तरिकाले प्रस्तुत हुन्थे । उनले निर्मातालाई पनि यसबारे जानकारी दिइन् तर कसैले पनि तनुश्रीको कुरामा विश्वास गरेनन् । यतिमात्र होइन, सुटिङ स्टुडियो बाहिर निस्कने बेला उनीमाथि हमलासमेत भएको थियो । पछि पुलिसले तनुश्री र उनको परिवारको बचाउ गरेको थियो ।

अक्षय कुमार र रजनीकान्तजस्ता स्टार्सको नाम लिँदै तनुश्रीले भनिन्, ‘यदि यस्ता ठूला स्टार्स नाना पाटेकरसँग काम गरिरहन्छनन् भने हामीले केही राम्रो काम गर्ने माहौल पाउँदैनौं ।’ उनी भन्छिन्, ‘अक्षय कुमारले पछिल्लो आठ वर्षमा नाना पाटेकरसँग विभिन्न फिल्ममा काम गरे । रजनीकान्तले हालै उनीसँग स्क्रिन सेयर गरे (फिल्म ‘काला’ मा) । यदि यस्ता ठूला स्टार्स यी अपराधीसँग काम गरिरहन्छन् भने कुनै पनि आन्दोलनको आशा छैन ।’

तनुश्रीको दाबी अनुसार उनीमाथि भएको दुर्व्यवहारबारे हरेकलाई जानकारी थियो तर कसैले पनि आवाज उठाएनन् । तनुश्री भन्छिन्, ‘हरेकले यो घटनाको खासखुस कुरा गरे तर खुलेर कुरा गरेनन् । इन्डष्ट्रिमा रहँदा तपाईं यस्ता विभिन्न कहानी सुन्नुहुन्छ तर यस्ता कुरा कहिले पनि सतहमा आउँदैनन् किनभने पिआर कम्पनीले यसलाई राम्रोसँग दबाउने गर्छ । यी मानिसहरु गरिबलाई खानेकुरा बाँडेको दाबी गर्छन् तर उनीहरुले गरिबका लागि के गर्छन् र के गर्दैनन् भन्नेबारे कसैलाई थाहा छैन । यो सबै देखावटी हो ।’

तनुश्री दत्ता फिल्म ‘हर्न ओके प्लिज’ को स्पेशल नम्बरमा देखिँदै थिइन् । कथित रुपमा नाना पाटेकरद्वारा गरेको दुर्व्यवहारका कारण उनले उक्त फिल्म छोडिन् । स्मरण रहोस्, सन् २००४ मा मिस इन्डियाको टाइटल जित्ने तनुश्रीले सन् २००५ मा फिल्म ‘आशिक बनाया आपने’ बाट करियरको सुरुवात गरिन् । उनले ढोल, गुड बोय ब्याड बोय, स्पिडजस्ता फिल्ममा काम गरे । अन्तिम पटक उनलाई सन् २०१० मा फिल्म ‘अपार्टमेन्ट’ मा देखिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप