बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

अध्यक्ष प्रचण्ड सिङ्गापुर प्रस्थान

बुधबार, १० असोज २०७५, २३ : २९
बुधबार, १० असोज २०७५

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि आज साँझ सिङ्गापुर प्रस्थान गरेका छन् । 

यसअघि उनको सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो । पत्नी सीताको उपचारको ‘फलोअप’ का लागि अध्यक्ष प्रचण्ड सिङ्गापुर प्रस्थान गर्नुभएको उनको सचिवालयले जनाएको छ । 

सीता मधुमेह, उच्च रक्तचापबाट पीडित हुँदै आएकी छन् । उनका साथमा छोरी गंगा दाहाल र भतिजा समिर दाहालसमेत त्यसतर्फ गएका छन् । 

नेपालमा उपचार सम्भव नभएपछि उनलाई भारत लगिएको थियो । केही समय भारतमा उपचार गराए पनि स्वास्थ्यमा सुधार नदेखिएपछि गत असारमा सीताको सिङ्गापुरमा उपचार गरिएको थियो । माउन्ट एलिजावेथ अस्पतालमा उपचारपश्चात् उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप