“नेपाली यूवा आइडलहरुको साथ थाईको टुर”
काठमाडौं । नेपालमा आफ्नो संचालनकालको ५० औं वर्ष पूरा गरेको खुसी मनाउने क्रममा थाई एअरवेज ईन्टरनेश्नल पब्लिक कम्पनी लिमिटेडले नेपालका यूवा आइडलहरुको साथै योग्य बालबालिकाहरुलाई मनोरञ्जनात्मक तथा शिक्षात्मक टुर आयोजना गरेको थियो ।
भाद्र २३ गते देखि भाद्र २७, २०७५ सम्म भएको यो फेमिलियराइजेशन ट्रिप थाईल्याण्डको बैंकक, समुटसंगख्राम र हुवा–हिनमा आयोजना गरिएको थियो ।
सहभागी १४ युवाहरुमा बाल अपाङ्ग टेवा संस्थाका छात्र माइला घले, प्रारम्भिक बाल बिकास केन्द्रकी छात्रा–सृष्टी सुनदास, गल्फर –प्रतिमा शेर्पा, सिएनएन हिरो २०१२, समाजसेवी र प्रारम्भिक बाल बिकास केन्द्रकी संस्थापक–पुष्पा बस्नेत, मिस नेपाल २०१८ की उपाधी विजेता, मोडल तथा सामाजिक कार्यकर्ता–श्रृंखला खतिवडा, गायक तथा कलाकार–स्वप्न सुमन, मिडिया प्रस्तुतकर्ता–सिसन बानियाँ, थाईल्याण्डका पयर्टन प्राधिकरणका प्रतिनिधिहरु, थाई एअरवेजका प्रतिनिधिहरु र ट्राभल एजेन्टहरुका साथै सागरिका श्रेष्ठ, राजु कार्की र रितेश जोशीको उपस्थिति रहेको थियो ।
सहभागी युवाहरुले यही असोज ९ गतेका दिन स्टोरी टेलिङ वीथ थाई एण्ड ट्याट नामक एक कार्यक्रममार्फत मिडियासंँग आफ्नो यात्राको अनुभवहरु अभिव्यक्त गरेका थिए ।
यसका साथै थाई एअरवेजले नेपाली युवा र बालबालिकाहरुको जीवनमा थोरै भएता पनि फरक अनुभव प्रदान गर्नको लागि यस्तै थुप्रै अविस्मरणीय पलहरु संगाल्ने योजना बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण