शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वनाममा ‘जनयुद्ध जारी छ’

बुधबार, १० असोज २०७५, १५ : ५०
बुधबार, १० असोज २०७५

काठमाडौं – कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘जनयुद्ध जारी छ ?’ नाटक मञ्चन भइरहेको छ । राज शाहको लेखन र निर्देशन रहेको नाटक गत शुक्रबारबाट मञ्चन थालिएको हो । 

२०६२/०६३ जनयुद्धको विषयमा तयार गरिएको नाटककमा योद्धाका परिवारले भोग्नु परेको समस्या, योद्धाहरुको मनमा उठेको हजारौं, युद्धमा होमिएपछि आफैले मारेका मनका इच्छा लगायतका बिषय नाटकले खोतल्ने प्रयास गरेको छ । नाटकमा योद्धाहरुले आफ्नो हतियारको रुपमा बैशाखीलाई प्रयोग गरेका छन् । 

नाटकमा हजारौ प्रश्न र समस्या बिच बसेको पे्रम कथा समेत समेटिएको छ । 

सुजिता अधिकारी, सुदर्शन अर्याल, ईन्दबहादुर चौधरी, शर्मिला नगरकोटी, मनोज महर्जन, मुकेश हमाल, धिरज थापा मगर, पासलाक्पा शेर्पा, कृष्ण खड्का, आशिष काप्mले, नमराज पराजुली, शोभा लिम्बु, मोहन श्रेष्ठ र राज शाहको समेत अभिनय रहेको नाटकमा छ । 

१२ असोजसम्म चल्ने नाटक साँझ ५ः१५ बजे मञ्जन हुनेछ । त्यस लगायत शुक्रबार, शनिबार र आईतबार दिउँसो १ बजे समेत नाटकको मञ्चन ब्यवस्था मिलाइएको निर्देशक राज शाहले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप