शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सामसङ एन–सेरिज टेलिभिजन बजारमा, यस्ता छन् फिचर्स

बुधबार, १० असोज २०७५, १५ : ०७
बुधबार, १० असोज २०७५

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले बहुप्रतिक्षित टेलिभिजन सिरिज सामसङ एन–सेरिज बजारमा ल्याएको छ । सामसङ एन–सेरिज नवीतम प्रविधिहरुले गर्दा टिभिहरुको कार्य क्षमता अलग रहेको कम्पनीले बताएको छ ।

सामसङ एन–सेरिजमा नेपाली उपभोक्ताहरुका आवश्यकता एवं चाहनाहरुलाई पूरा गर्ने विशेषताहरु विद्यमान रहेको सामसङले बताएको छ । टेलिभिजनका सम्पूर्ण रेन्जहरु एचडी, एफएचडी, यूएचडी टीभीहरु ३२ देखि ७५ इन्च साइजमा बजारमा उपलब्ध छन् ।

साथै स्मार्ट र नन् स्मार्ट मोडलको विकल्प पनि प्रदान गरिएको कम्पनीले बताएको छ । यूएचडी टिभि मा डायनामिक क्रिष्टल कलर प्रविधिको प्रयोग गरिएको छ ।

यो प्रविधिको प्रयोगसँगै दर्शकहरुले उच्चस्तरीय पिक्चर क्वालिटि प्राप्त गर्न सक्नु कम्पनीबो दावी छ । स्मार्ट कन्सर्न मेडेलहरु एचडीआर प्रविधिका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप