बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फेशन इन्डिष्ट्रिको नयाँ ट्रेन्डः ट्रिपल ब्रेस्ट !

बुधबार, १० असोज २०७५, १० : ११
बुधबार, १० असोज २०७५

बीबीसी

संसारभरी आयोजना हुने फेशन विकमा धेरैजसो डिजाइनर यस्ता प्रयोग गर्छन् जसले दर्शकदेखि मिडियासम्मको ध्यान आकर्षित गर्ने गर्छ  ।

यस्ता विकमा डिजाइनरले फेशनको दुनियाँमा आफ्नो क्रिएटिभिटीको उत्कृष्ट तरिका पेश गर्ने गर्छन् ।

यसपटकको मिलान फेशन विकमा यस्तै भयो जुन सेप्टेम्बर २२ तारिखमा आयोजना भएको थियो । यहाँ जब एक मोडल र्याम्पमा उत्रिइन् तब सबै जिल खाए ।

थुप्रै मानिसहरु चकित हुनुको कारण उनको पहिरन, मेकअप नभई उनको तीनवटा स्तन थियो ।

सामान्य मेकअपमा सेतो र हल्का हरियो रंगको कपडा लगाएर ती मोडल र्याम्पमा उत्रिइन् जुन समान्य नै थियो तर चकित बनाउने कुरा थियो – मोडलको तीनवटा स्तन ।

यो तेस्रो स्तन नक्कली प्रोस्थेटिक ब्रेस्ट थियो । तीनवटा स्तन एउटै देखाउनका लागि वास्तविक स्तनलाई मेकअपमार्फत नक्कलीजस्तो बनाइएको थियो ।

यो कलेक्शन इटलीको स्ट्रिटवियर ब्रान्ड जिसिडिएस (गड कान्ट डिस्ट्रोय स्ट्रिटवेयर) ले पेश गरेको थियो । यो ब्रान्डको क्रिएटिभ डायरेक्टर जुलिआनो काल्सा हुन् जसले यो प्रयोगको कारण बताइन् ।

काल्सालाई उद्धृत गर्दै हफपोष्टले भन्यो, ‘दुई वर्षअघि आमालाई स्तन क्यान्सर भएको थाहा पाउँदा अब हाम्रो भविष्य के होला भन्ने लागेको थियो । त्यसकारण मैले यस्तो काल्पनिक दुनियाँ बनाउन आफ्नो पूरा शक्ति लगाइदिएँ जसमार्फत् महिलाले आफैंलाई अभिव्यक्त गर्न सकून् ।’

काल्सका अनुसार तीनवटा स्तन बनाउनुको अर्थ एक प्रकारको राजनीतिक बयान हो । संस्कृति र कलाबारे धेरै सोच्नुपर्ने यो बेला तीनवटा स्तनको कन्सेप्ट यसमा उपयोगी हुनसक्छ ।

काल्साले तीन स्तन संस्कृति र कलामा योगदान दिनका लागि आवश्यकता भएको बताएकी छिन् । काल्साले यो ब्रान्डको सुरुवात सन् २०१४ मा गरेकी थिइन् ।

यो फेशन शोमा दुई मोडल तीनवटा स्तनसहित र्याम्पमा उत्रिए । यसमा विशेषगरी श्वेत र अश्वेत दुबै मोडलद संलग्न थिए ।  

सोसल मिडियामा चर्चाः

सोसल मिडियामा पनि तीन स्तनको कन्सेप्टको निकै चर्चा भएको छ  । कसैले यसलाई हाँसोको रुपमा हेरे भने कतिले यसको आलोचना गरे । कतिलाई त यसले यति अचम्मित बनायो कि खबर सेयर नगरी बस्नै सकेनन् ।

ट्वीटरका एक प्रयोगकर्ता डेविडले लेखे, ‘तीनवटा खुट्टा हुनुभन्दा त यो नै राम्रो हो ।’

प्रयोगकर्ता मार्क अत्रीले ट्वीट गरे, ‘महिलाका लागि सबैभन्दा अवास्तविक मानक ।’

प्रयोगकर्ता टम्पकिन स्पाइसले ट्वीट गरे, ‘भविष्यको उदारवादी यही चाहन्छन् ।’

एक प्रयोगकर्ता ब्रेड कोजाकले यो खबरलाई सेयर गर्दै लेखे, ‘यो फेशन हो ? व्यर्थको ।’

प्रयोगकर्ता मेल कार्गले लेख्छन्, ‘अब अर्को वर्षको लागि केही बचेन, अब मोडलको तीनवटा खुट्टा  आउलान् ।’

भिन्न प्रयोगः

फेशन विकमा यस्तो प्रकारको प्रयोग भइरहन्छन् ।

जस्तै, यो वर्षको फेब्रुअरीमा आयोजित मिलान फेशन विकमा मोडलले आफ्नो अनुहारजस्तै देखिने नक्कली टाउको हातमा लिएर र्याम्प वक गरिन् ।

हातमा बोकेको टाउकोको अनुहार मोडलको अनुहार र एक्सप्रेशनसँग मिल्थ्यो । यो कलेक्शन गुची ब्रान्डको थियो ।

यसबाहेक कोई मोडल तेस्रो आँखासहित त कोही ड्र्यागनको नक्कली बच्चालाई हातमा लिएर र्याम्पमा उत्रिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप