शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिराहाको लहानबाट डाक्टर अपहरित

मङ्गलबार, ०९ असोज २०७५, २२ : १८
मङ्गलबार, ०९ असोज २०७५

काठमाडौं– सिराहाको लहानबाट अज्ञात समूहले एक डाक्टरलाई अपहरण गरेर लगेका छन् ।

 मंगलबार साँझ ७ बजेर १० मिनेटमा डा. सुवास यादवलाई ४ जनाको समूहमा आएका अज्ञात ब्यक्तिहरुले अपहरण गरेको बताइएको छ ।  

‘अपहरण भएको सूचना पाएसँगै प्रहरी परिचालन गरेर खोजतसाल गरिरहेका छौं’ जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी जीवन श्रेष्ठले रातोपाटीसँग भने, ‘अपहरणकारीको यकिन गर्दै छौं, राजमार्गमा चेकजाँच भइरहेको छ ।’ 

मकवानपुरको हेटौंडास्थित सहकारी अस्पतालमा कार्यरत डा. यादव पछिल्लो एक महिनायता लहानस्थित ससुराली घरमा बस्दै आएका थिए । लहान स्थित घरबाहिर हिँडदै गरेको अवस्थामा उनी अपहरणमा परेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप