सिराहाको लहानबाट डाक्टर अपहरित
मङ्गलबार, ०९ असोज २०७५, २२ : १८
काठमाडौं– सिराहाको लहानबाट अज्ञात समूहले एक डाक्टरलाई अपहरण गरेर लगेका छन् ।
मंगलबार साँझ ७ बजेर १० मिनेटमा डा. सुवास यादवलाई ४ जनाको समूहमा आएका अज्ञात ब्यक्तिहरुले अपहरण गरेको बताइएको छ ।
‘अपहरण भएको सूचना पाएसँगै प्रहरी परिचालन गरेर खोजतसाल गरिरहेका छौं’ जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी जीवन श्रेष्ठले रातोपाटीसँग भने, ‘अपहरणकारीको यकिन गर्दै छौं, राजमार्गमा चेकजाँच भइरहेको छ ।’
मकवानपुरको हेटौंडास्थित सहकारी अस्पतालमा कार्यरत डा. यादव पछिल्लो एक महिनायता लहानस्थित ससुराली घरमा बस्दै आएका थिए । लहान स्थित घरबाहिर हिँडदै गरेको अवस्थामा उनी अपहरणमा परेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेडा गोठालो गएका किशोरको चट्याङ लागेर मृत्यु, दुई जना घाइते
-
वर्षाका कारण कैलाली–कञ्चनपुरका धेरै स्थान डुबानमा
-
लोकतन्त्रका ऋषि : गिरिजाबाबु
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण