शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, नेपाल समूह ‘बी’

मङ्गलबार, ०९ असोज २०७५, २१ : १८
मङ्गलबार, ०९ असोज २०७५

काठमाडौँ । दक्षिण एशियाली फुटबल महासङ्घको आयोजनामा भूटानमा हुने साफ १८ वर्षमुनि (यू–१८) महिला च्याम्पियनसिपको खेलतालिका आज सार्वजनिक भएको छ । 

यही असोज १२ गतेदेखि हुने उक्त च्याम्पियनसिपमा दक्षिण एशियाका विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा श्रीलङ्का भने सहभागी छैन । 

नेपाल भने समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा बङ्गलादेश र पाकिस्तान छन् । त्यस्तै समूह ‘ए’मा आयोजक भूटानसहित, भारत र माल्दिभ्स छन् । 

नेपालले यही असोज १२ गते बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी नेपालले आफनो दोस्रो खेल १६ गते पाकिस्तानसँग खेल्नेछ । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप