बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लामो पदयात्रा गरेर मनाइयो विश्व पर्यटन दिवस

मङ्गलबार, ०९ असोज २०७५, २० : ३२
मङ्गलबार, ०९ असोज २०७५

नुवाकोट । ककनीदेखि शिवपुरीसम्म लामो पदयात्रा (हाइकिङ) गरेर आज विश्व पर्यटन दिवस मनाइएको छ । ककनी गाउँपालिकाको ककनीदेखि शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै शिवपुरी गाउँपालिका–७ को सुइरेचौरसम्म पदयात्रा गरिएको हो । 

पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् बिहीबार मनाइँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले हाइकिङको उद्घाटन गरे । 

सांसद तथा नेकपा प्रदेश नंं ३ का सहइञ्चार्ज हितबहादुर तामाङले ककनी–शिवपुरी हाइकिङले राजधानी नजीकैको पर्यटकीयस्थललाई चिनाउने काम गरेको बनाए । 

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को आयोजनामा ककनीबाट शुरु भएको हाइकिङ करीब तीन घण्टामा सुर्यचौरमा पुगेर सम्पन्न भएको थियो । 

शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले गाउँपालिकाले सुइरेचौरलाई पर्यटकीय थलोका रुपमा विकास गर्न बजेटसमेत छुट्याएको बताए । 

उनले शिवपुरी गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलमा पदयात्रा मार्ग विस्तार गर्दै दिगो पर्यटन विकास गराउने योजना रहेको बताए । 

समुद्री सतहबाट एक हजार ९२५ मिटरको उचाइमा रहेको सुइरेचौरबाट शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको मनोरम दृष्य तथा अन्नपूर्ण , लाङटाङ, गौरीशङ्कर, गणेश हिमाल, राउचुली र अन्य हिमशङ्खलालगायत दृश्यको अवलोकन गर्न सकिने शिवपुरी–४ सिक्रेका गुरmङ पर्यटन व्यवसायी सङ्घ नेपालका महासचिव ईश्वर गुरmङले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप