बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रशिक्षणमा मिस्टर नेपालका १८ प्रतियोगी

मङ्गलबार, ०९ असोज २०७५, २० : १७
मङ्गलबार, ०९ असोज २०७५

काठमाडौं– ‘मिस्टर नेपाल २०१८’ का प्रतियोगीहरु अन्तिम स्पर्धाको तयारीमा जुटेका छन् । देशका प्रमुख शहर काठमाडौं, पोखरा, विराटनगर, चितवन, धरानलगायतका शहरमा आयोजित पहिलो चरणको अडिसनबाट छानिएका १८ युवा यहि १३ गते हुने अन्तिम स्प्रर्धाका लागि बन्द प्रशिक्षणमा जुटेका हुन् ।

कोरियोग्राफर रोजिन शाक्य, दिक्पाल कार्की लगायतका प्रशिक्षकले उनीहरुलाई प्रशिक्षण गरिरहेका छन् । प्रशिक्षणका क्रममा उनीहरुलाई स्वमिङ, फुटबल, रक क्लाइम्बिङ्ग, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गुरमिङ्ग, मेकअप, ड्रेसवेयर जस्ता विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण भइरहेको आयोजक एक्सपोज नेपाल डटकमकी सिइयो अर्चना थापाले बताइन् । उनले प्रतियोगिताको अन्तिम तयारी समेत पुरा भएको जानकारी दिएकी छन् ।

युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्बेवार नागरिक बनाउने उदेश्य रहेको प्रतियोगिताको शीर्ष बिजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर वल्र्ड २०१८’ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता समेत जनाउनेछ ।

१८ बर्षदेखि ३५ बर्षसम्मका प्रतियोगीको सहभागिता रहेको प्रतियोगितामा मिष्टर वल्र्ड, मिस्टर नेपाल युनिभर्सल एम्बेसडर, मिस्टर नेपाल म्यान अफ द इयर, मिस्टर नेपाल मेन इन्टरनेशनल, मिस्टर नेपाल मेन एटिच्युट, एक्सपोज नेपाल युथ एम्बेसडर, एक्सपोज नेपाल स्पोड एम्बेसडर, एक्पोज नेपाल टुरिजम एम्बेसडर, सोसल मिडिया स्टार, एसएमएस स्टार, पब्लिक च्वाइ, बेष्ट फिजिक्स, बेष्ट मोडल, फोटोजेनिक, मस्ट ट्यालेनट र स्पोट विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

प्रतियोगिताको शीर्ष विजेताले सुजुकी बाइक र अन्य विभिन्न उपहार समेत जित्न सक्नेछन् भन्ने अन्य बिजेताले पनि विभिन्न उपहार हात पार्नेछन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप