शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फरार महिला पक्राउ, अवैध समान बरामद्

मङ्गलबार, ०९ असोज २०७५, १९ : ५७
मङ्गलबार, ०९ असोज २०७५

लहान । लेनदेन मुद्दामा आलतबाट एक वर्षको कैद सजाय पाएर फरार रहेका एक महिलालाई प्रहरीले आज पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिरहा नगरपालिका–१ का ५५ वर्षीया रामशखीदेवी सदा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले उनलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा बुझाइने सिरहाका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । 

यसैगरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले करीब रु एक लाख मूल्य बराबरको अवैध समान बरामद् गरेको छ । प्रहरी चौकी लगडीगोठको प्रहरी टोलीले सोफिया नाम लेखिएको अवैध मदिरा १५ कार्टुन र एक थान साइकल, इलाका प्रहरी कार्यालय बिष्णुपुरले भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा खानेतेल, भुजिया, हर्बल तेल, मिश्रीलगायत करिब रु ५० हजार मूल्य बराबरको समान बरामद् गरेको हो । 

बरामद् सामान आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माड्र सिरहामा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खरेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप