कतार एयरवेजको उडान अव भियतनाममा पनि, बकेर र भियतनामी विशेष प्रतिनिधिबीच भेटवार्ता
कतार – कतार एयरवेजले १९ डिसेम्बर २०१८ देखि दा नाङ भियतनामसम्मको प्रत्यक्ष उडान सेवा प्रारम्भ हुने घोषणा गरेको छ ।
कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले कतारका लागि भियतनामी राजदूत न्युयेन दिन थाओसँगै दा नाङ म्युनिसिपल समितिका उप सचिव भो कोङ त्रीको नेतृत्वमा रहेको भियतनामी विशेष प्रतिनिधि मण्डलसँग दुई देशबीच पर्यटन विकास गर्ने विषयमा थप वार्ताका लागि भेटवार्तामा सो घोषणा गरेका हुन् ।
साप्ताहिक चार पटक सञ्चालनमा रहने उक्त उडानमा २२ सिट सहितको बिज्नेस क्लास तथा २३२ सिट सहितको इकोनोमी क्लास रहेको बोइङ ७८७ ड्रिमलाइनर एयरक्राफ्टद्वारा सेवा दिइने कतार एयरले जनाएको छ ।
उक्त टोलीलाई सम्बोधन गर्दै, कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भियतनाममा पर्यटन वृद्धिको लागि कतार एयरवेजको निरन्तर प्रतिबद्धतालाई जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण