शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फुलपातिमा आउने भो ‘जय भोले’, यस्तो छ फष्टलुक

मङ्गलबार, ०९ असोज २०७५, १८ : १४
मङ्गलबार, ०९ असोज २०७५

काठमाडौं– अशोक शर्माको निर्देशन रहेको चलचित्र ‘जय भोले’ले रिलिज डेट फाइनल गरेको छ । दशैंको शुभअवसर पारेर ३० असोज फुलपातिका दिन चलचित्रले रिलिज मिति तोकेको हो ।  यसपालीको दशैं जय भोलेसँगै भन्ने नारा सहित यो चलचित्र फुलपातिमा आउन लागेको हो ।

दशैंमा दुई चलचित्र जय भोले र छक्का–पञ्जा ३ जुध्ने चर्चा चलिरहेको बेला आपसमा जुध्दा दुबैलाई राम्रो नहुने भएकाले दर्शकहरुको चाहनाअनुसार ३० असोज फुलपातिमै जय भोले रिलिज गर्न लागिएको निर्माता निर्देशक अशोक शर्माले बताए ।

शर्माका अनुसार जय भोले दशैंमा रिलिज गर्न काठमाडौं र मोफसलका बहुसंख्यक हलसँग आपसी सम्झौंता भएको छ । सो सम्झौंता बमोजिम सम्बन्धित चलचित्र हलहरुले ३० असोज फुलपातिमा जय भोलेनै प्रदर्शन गर्ने सल्लाह हल सञ्चालकबाट प्राप्त भएपछि आफुले सो मितिमा चलचित्र ल्याउन लागेको पनि निर्माता निर्देशक शर्माले खुलाए ।

रिलिज मिति तयसँगै यो चलचित्रको फस्ट लुक्सको रुपमा चारओटा पोष्टर रिलिज गरिएको छ । सिक्स सिटरका एउटा र थर्टी बाई फोर्टीको तीनओटा पोष्टर रिलिज गरिएको हो । सिक्स सिट र अरु दुईओटा थर्टी बाई फोर्टी पोष्टरमा सबै मुख्य कलाकारलाई समेटिएको छ । थर्टी बाई फोर्टीको एउटा पोष्टरमा खगेन्द्रसँगै सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का र बुद्धि तामाङ समेटिएका छन् ।

जय भोले सामाजिक कथामा आधारित हास्य प्रधान चलचित्र हो । विगतको भन्दा यसपटक खगेन्द्र लामिछानेलाई यो चलचित्रमा पृथक भूमिकामा उतारेको यसका निर्देशक एवं निर्माता अशोक शर्माले बताएका छन् ।
शर्मा १२ बर्षपछि निर्माणमा फर्किएका हुन् । यो चलचित्रमा खगेन्द्रसँगै सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, बुद्धि तामाङ, राजाराम पौडेल, किशोर भण्डारी, लक्ष्मी गिरी, बसुन्धरा भुसाल, जयनन्द चन्द, रामचन्द्र अधिकारीलगायतले मुख्य भूमिका रहेको छ । राजनराज शिवाकोटीको संगीत रहेको यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेको हुन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप