मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर ७ को नाम ‘सुदुरपश्चिम’ राख्न सिफारिस

मङ्गलबार, ०९ असोज २०७५, १६ : ३३
मङ्गलबार, ०९ असोज २०७५

धनगढी– प्रदेश नम्बर ७ को नाम र राजधानी तोक्न गठित विशेष समितिले सो प्रदेशको नाम  ‘सुदूरपश्चिम’ राख्न सिफारिस गरेको छ । समितिले सो प्रदेशको नाम सुदूरपश्चिम राख्ने सिफारिससहित प्रतिवेदन प्रदेशसभा बैठकमा पेश गरेको हो । 

समितिले कैलालीको अत्तरियामा पर्ने गोदावरी नगरपालिका ४ लाई राजधानीका लागि सिफारिस पनि गरेको छ । ७ नम्बर प्रदेशमा कैलाली, कञ्चनपुर लगायतका ९ जिल्ला पर्दछन् । यसअघि सो क्षेत्रलाई सुदुरपश्चिम विकास क्षेत्रको रुपमा रहेको थियो । 

प्रदेशको नाम र राजधानी तोक्न नेकपाका सांसद तारा तामाङ लामाको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरिएको थियो।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप