शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रियंका र सुशीलको ठुम्कासँगै सकियो ‘बादशाह जुट’

मङ्गलबार, ०९ असोज २०७५, १४ : ५४
मङ्गलबार, ०९ असोज २०७५

काठमाडौं – चलचित्र ‘बादशाह जुट’ को छायाँकन सकिएको छ । सोमबार ललितपुरको श्रीकाली मन्दिरको चौरमा चलचित्रको एक गीत छायाँकनसँगै  चलचित्र सकिएको हो । 

निकै तामझामका साथ छायाँकन गरिएको लोक शैलीको गीतमा अभिनेत्री प्रियंका कार्की र सुशील श्रेष्ठले कोरसका साथमा कम्बर मर्काएका थिए । सो अवसरमा चलचित्रको इन्डक्याप गर्दै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको थियो । अंग्रेजी नयाँ वर्षको अवसर पारेर चलचित्र पौष १३ गते देखि सार्वजनिक प्रदर्शनमा ल्याइने निर्माण युनिटले जानकारी दिए ।

भोजराज श्रेष्ठ निर्माता रहेको चलचित्र दुई राजाको कथामा निर्माण भएको हो ।  सुशील श्रेष्ठ, अमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावत लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रमा प्रियंका कार्कीको विशेष भूमिका रहेको छ । 

एच एण्ड बि फिल्मस् प्राली. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रालिको संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा राजकुमार उप्रेतीको द्धन्द्व, कृष्ण भारद्धाज, विक्रम स्वारको कोरियोग्राफी, कोशिस क्षेत्री र मोहित मुनालको संगीत रहेको छ । चलचित्रका निर्देशक जोनी सिंह राणा रहेकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप