शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ को पहिलो प्रदेश समन्वय परिषद बैठक

मङ्गलबार, ०९ असोज २०७५, १३ : १४
मङ्गलबार, ०९ असोज २०७५

बुटवल– प्रदेश ५ को पहिलो प्रदेश समन्वय परिषदको बैठक मंगलबारबाट सुरु भएको छ ।  

दुई दिनसम्म चल्ने बैठकमा नेपालको संविधानले व्यवस्था गरेको स्थानीय तह तथा प्रदेशबीच साझा अधिकार क्षेत्रको प्रयोग तथा प्राकृतिक स्रोत साधनको बाँडफाँड, विकास योजना हस्तान्तरण लगायतका विषयमा छलफल हुने मुख्यमन्त्रीका प्रेश सल्लाहकार शेर बहादुर केसीले बताए । रुपन्देहीको मणिग्राममा आयोजित बैठकको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्दे  ५ नम्बर प्रदेशलाई नमुना प्रदेशका रुपमा स्थापित गर्न सवैको सक्रिय भुमिका निवाह गर्नुपर्ने बताए ।

बैठकमा प्रदेश ५ का १ सय ९ वटा स्थानीय तहका प्रमुख उपप्रमुख, १२ जिल्ला समन्वय समितिका संयोजक र प्रदेश सरकारका सांसद मन्त्री तथा सचिवहरुको सहभागिता रहेको छ । 

बैठकमा प्रदेश सरकारले स्थापनादेखि अहिलेसम्म गरेका मुख्य मुख्य काम जानकारी गराउँदै स्थानीय तहसँग गर्न सकिने सहकार्य र समन्वयका काम सार्वजनिक गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषदका सचिव दिपेन्द्र काफ्लेले बताए । 

प्रदेश तथा स्थानीय तहले गर्ने काम कारबाहीमा नीतिगत सामजस्यता, योजना व्यवस्थापनमा रणनीतिक साझेदारी, साझा अधिकार क्षेत्रको प्रयोग, प्राकृतिक स्रोत साधनको उपयोग र बाँडफाँट सम्बन्धी विषयमा प्रदेश र स्थानीय तहबीच समन्वय कायम गर्न प्रदेश समन्वय परिषद रहने संविधानमा छ । करका बिषयमा पनि छलफल हुने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप