शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पप्पु कन्सट्रक्सनका मालिकलाई पक्राउ पुर्जी जारी

मङ्गलबार, ०९ असोज २०७५, १३ : ०२
मङ्गलबार, ०९ असोज २०७५

 रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहटले पप्पु कन्सट्रक्सनका मालिक सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गरेको छ ।

इशनाथ नगरपालिका वडानम्बर ९ बनजरजाका किशोर चनउ,गौर नगरपालिका ४ टिकुलियाका रामबाबु साह कानुको जाहेरी र प्रहरी निरीक्षक ओमप्रकाश यादवको प्रतिवेदनका आधारमा रौनियारलाई पक्राउ पुर्जी जारी गरेको हो ।

गत भदौ नौ गते गौर नपा ४ टिकुलियास्थित लालबकैया नदीमा निर्माणधीन पुलको पिलरमा डुंगा ठोकिदा दुर्घटना भएको थियो ।

२९ जना सवार डुंगा दुर्घटना हुँदा सो घटनामा ५ जनाको ज्यान नै गएको थियो ।

घटनापछि पुल निर्माण कम्पनी पप्पु कन्सट्रक्सन दोषी रहेको भन्दै स्थानीय र पीडितहरुले ठेकेदार रौनियारलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दर्ता गराएका थिए ।

पीडितको उजुरी र प्रहरीद्धारा छानबिनपछि जिल्ला अदालत गौरको आदेशमा जिल्ला प्रहरी कार्यालय रौतहटले पप्पु कन्सट्क्सनका अध्यक्ष पर्सा पोखरीया ४ का  सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले बताए । पुल निर्माण कम्पनी पप्पु कन्सट्रक्सनको लापरवाहीले टिकुलिया घाटस्थित लालबकैया नदीमा समयमै पुल निर्माण नहुँदा डुंगा दुर्घटना भई मानिसहरुले ज्यान गुमाउनु परेको स्थानीयको भनाई छ । 

२०७४ असार मसान्तसम्म उक्त पुलको निर्माणकार्य पुरा हुनुु पर्ने सम्झौता भएपनि हाल सम्म पुल निर्माणको काम अधुरै छ ।

हालसम्म पुलका पाँचवटा पिलर मात्रै ठड्याइएका छन् । २०७१ साल कार्तिक २९ गते तत्कालिन प्रधानमन्त्री सुशील कोईरालाले सो पुलको शिलान्यास गरेका थिए ।

दुईसय २५ मिटर लामो उक्त पुलको १६ करोड ८६ लाख रुपैयाँ लागतको टेण्डर रौनियारले हत्याएका थिए ।  सुमित संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियारका छोरा हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप