शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महाकाली नगरपालिका डुबानमा

मङ्गलबार, ०९ असोज २०७५, १३ : ००
मङ्गलबार, ०९ असोज २०७५

भीमदत्तनगर– सोमबारदेखिको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकामा करीब एक दर्जन घर डुबानमा परेका छन् । जोगबुढा नदीमा आज बिहानै आएको बाढी गाउँ पस्दा महाकाली नगरपालिका–८ सुन्दरनगरका चार घरसहित आठवटा पसल डुबानमा परेका छन् । 

यहाँको कुतियाकवरमा समेत केही घर डुबानमा पर्दा स्थानीय ओत लाग्न सुरक्षित स्थानतर्फ सरेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ । नदीमा आएको बाढी गाउँ पस्दा बस्ती जलमग्न भए पनि मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए । 

उनले जोगबुढा नदीले कटान थाल्दा महाकाली नगरपालिका–१० कुतियाकवर जाने झोलुङ्गे पुल खतरामा परेको जानकारी दिए । ‘नदीले कटानले गर्दा जोगबुढा नदीमा रहेको झोलुङ्गे पुल खतरामा छ,’ प्रहरी निरीक्षक चन्दले भने, ‘पुल जोगाउन स्थानीय र सुरक्षा निकाय लागिपरेका छन् ।’ 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी मिलेर पुल जोगाउन अस्थायी तटबन्ध निर्माणमा लागेका छन् । यसअघि पनि सुन्दरनगर, कुतियाकवर क्षेत्र बाढीका कारण डुबानमा परेका थिए । जोगबुढा नदीमा तटबन्धको उचित व्यवस्था नहुँदा लामो समयदेखि स्थगानीयवासी वर्षात्का बेला समस्या भोग्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप