विवाह गर्न नमानेपछि महिलामाथि ‘एसिड र छुरा’ प्रहार
बुटवल– पछिल्लो समय आपराधिक समूहको हतियार बनेको एसिड प्रकरण नवलपरासीमा पनि दोहोरिएको छ ।
एक महिलाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि नवलपरासीमा एक युवाले ती महिलाको मुहारमा एसिड छर्केका छन् । त्यतिले पनि नपुगेर उनले महिलालाई छुरा समेत प्रहार गरेका छन् ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका हरबासी टोलका ३६ बर्षीय विमल श्रीपालीले सोही छिमेकी ३० बर्षीया बसन्ती परियारलाई गएराती एसिड छर्कनुका साथै छुरा प्रहार गरेका हुन ।
स्थानीयका अनुसार श्रीपालीले परियारसँग एकतर्फी प्रेम गर्थे । उनले केहि दिन अघिबाट उनीसँग विवाह गर्ने प्रस्ताव नै राखेका थिए ।
जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रहरी प्रमुख एसपी रमेश थापाले घटनाको पुष्टि गर्दै भने–‘ घटना गएरातिको हो । युवाले पहिलेदेखि महिलालाई विवाह प्रस्ताव गर्दै आएको बुझिएको छ । प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान सुरु भैसकेको छ ।’
एसिड छर्किदा महिलाको २५ प्रतिशत शरीर जलेको छ ।
प्रहरीका अनुसार पीडितको भरतपुरमा उपचार भइरहेको छ भने अभियुक्त श्रीपाल प्रहरी नियन्त्रणमा छन् । घटनापछि कावासोतीवासी त्रसित छन् ।
महिलाको भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको छ । अस्पतालका वरिष्ठ सर्जन डा सुरेस प्रधानका अनुसार राति चार घण्टा लगाएर परियारको शल्यक्रिया गरिएको हो ।
प्रधानका अनुसार परियारको पेटमा हतियारले काटेर आन्द्रा बाहिर निस्किएको थियो । छातीमा करङ छेडिएको थियो । दुवैतिरको गाला र टाउकोमा गम्भीर चोट लागेको छ ।
चिकित्सक समूहले पेट, छाती, दुवै गाला र टाउकोमा शल्यक्रिया गरेको छ । परियारको अनुहार घाँटी, छाती र दुबै हातमा तेजाबले पोलेको छ । प्रधानका अनुसार एउटा आँखामा गम्भीर असर देखिन्छ भने अर्को सामान्य अवस्थामा छ ।
उनलाई अस्पतालको सघन उपचार कक्षमा राखिएको छ । अवस्था गम्भीर रहेको प्रधानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीको स्रोत संरक्षण र चराहरूका लागि बुलबुलेमा अर्को ताल निर्माण गरिँदै
-
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय समिति बैठक जारी
-
प्रीति जिन्टाको १८ करोड ऋण कसले गर्यो माफ ? के भन्छिन् अभिनेत्री ?
-
उपचार खर्च बढी लाग्ने टिटानसबाट जोगिने उपाय
-
शीर्ष सैन्य अधिकारीपछि सेनाका शीर्ष वकिलहरू पनि बर्खास्तीमा
-
मिस ग्लोबलमा भाग लिन कम्बोडिया पुगिन् विधि