महोत्तरीको नैन्ही गाउँमा झाडापखालाको प्रकोप
महोत्तरी– महोत्तरीको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा झाडापखालाको प्रकोप फैलिँदै गएको छ । अहिलेसम्म नैन्ही गाउँको मुसलमान टोलमा २३८ जनामा झाडापखाला देखापरेको छ । दैनिक रूपमा बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरका अनुसार नैन्ही गाउँमा गत भदौ २९ गते एकै पटक ४१ जनामा झाडापखाला देखिएको हो ।
गत भदौ ३० गते उपचारका लागि भारत लगिएका स्थानीयवासी चार वर्षीया खुश्वु खातुनको मृत्यु भएको थियो । अहिले जिल्ला अस्पतालमा २० जना बिरामीको उपचार भइरहेको छ भने २१८ जनाको स्थानीय मदरसामा राखेर उपचार भइरहेको छ ।
अहिले नैन्ही गाउँमा जिल्ला स्वास्थ्य कार्यालयको औषधिसहितको टोली क्याम्प स्थापना गरी उपचार गरिरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा राजीव झाका अनुसार सो गाउँका २०० भन्दा बढी परिवार झाडापखालाबाट प्रभावित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा