शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेलिब्रिटी जसले गर्भावस्थामा गराए हट फोटोसुट

मङ्गलबार, ०९ असोज २०७५, १० : १३
मङ्गलबार, ०९ असोज २०७५

बलिउड नायिका नेहा धुपिया गर्भवती छिन् । जसरी उनले बेबी बम्पसहित स्टाइल देखाइरहेकी छिन्, त्यो उनका प्रशंसकहरुले निकै रुचाइरहेका छन् । हुन त बलिउड र हलिउडका यस्ता थुप्रै सेलिब्रिटी छन् जसको गर्भावस्थाको हट तस्बिर चर्चाको विषय बन्यो । कसैले गर्भावस्थामा बिकिनी लगाएर फोटो खिचाए भने कसैले नग्न भएर ।

लिजा हेडनः

बलिउड नायिका लिजा हेडनलाई बोल्ड र सेक्सी अभिनेत्रीको रुपमा लिइन्छ । गर्भावस्थामा पनि लिजाले आफ्नो हट इमेजलाई कायम राखिन् । उनले बेबी बम्प देखाउँदै बिकिनीमा हट तस्बिर खिचाइन् र इन्स्टाग्राममा राखिन् जसले निकै चर्चा बटुल्यो । उनले गर्भावस्थामा हुँदा नै एक म्यागजिनका लागि फोटोसुट गराएकी थिइन् जसलाई निकै रुचाइएको थियो ।

सेलिना जेटलीः

सेलिना जेट्लीले पनि गर्भावस्थामा बिकिनी लगाएर एउटा फोटो इन्टाग्राममा सेयर गरेकी थिइन् । उनको यो तस्बिर पनि सोसल मिडियामा निकै भाइरल बन्यो ।

कोंकणा सेन शर्माः

कोंकणाले सन् २०१० मा रणबीर शौरेसँग विवाह गरिन् र सन् २०११ मार्चमा आफ्नो पहिलो बच्चालाई जन्म दिइन् । कोंकणाले गर्भावस्थाको क्रममा फोटोसुट पनि गराइन् जुन निकै सुन्दर थियो ।

श्वेता साल्वेः

टिभीकी चर्चित नायिकामध्ये एक श्वेता साल्वेले गर्भावस्थामा जुन फोटोसुट गराइन् त्यो चर्चाको विषय बन्यो किनभने टिभी नायिकाले आफ्नो बेबी बम्प देखाउँदै हट फोटोसुट गराएको यो पहिलो पटक थियो ।

ब्रिटनी स्पेयर्सः

ब्रिटनी स्पेयर्सले गर्भावस्थाको क्रममा गराएको फोटोसुट पनि निकै चर्चित भएको थियो । बेबी बम्पसहितको उनको यो तस्बिर निकै चर्चित भएपछि हलिउडमा यस्तो प्रकारको फोटोसुटको ट्रेन्ड नै बस्यो ।

किम कार्दाशियनः

संसारभरी यदि कुनै फिगरको चर्चा हुन्छ भने त्यो हो किम कार्दासियनको । किमले आफ्ना हट तस्बिरहरु धेरैजसो सोसल मिडियामा सेयर गरिरहन्छिन् । गर्भावस्थाको क्रममा पनि उनले विभिन्न हट तस्बिर पोष्ट गरिन् । यीमध्ये एउटा फूल मिरर सेल्फी इमेज पनि थियो जसमा उनी नग्न थिइन् । उनको यो तस्बिर निकै भाइरल भयो र संसारभरीको मिडियामा छायो ।

बियोन्से नलेसः

बियोन्से नलेसलाई त रेड कार्पेटमा सबैले हट अवतारमा देखेका छन् तर यी पप डिभाको गर्भावस्थामा पनि सेक्सी रुप देखियो । बियोन्सेले बेबी बम्प देखाउँदै शानदार फोटोसुट गराइन् । उनको यो फोटोलाई फेशन जगतले पनि निकै तारिफ गर्यो ।

सेरेना विलियम्सः

टेनिस क्विन सेरेना विलियम्सले पनि आफ्नो गर्भावस्थामा फोटोसुट गराएकी थिइन् । उनले एक म्यागजिनका लागि गराएको यो फोटोसुटमा नग्न पोज दिएकी थिइन् । यो तस्बिर सार्वजनिक भएपछि संसारभरीको मिडियाको शीर्ष समाचारमध्येको एक बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप