मारुती सिमेन्टले पायो अन्तर्राष्ट्रिय स्तरको मापदण्ड एनएस/आईएसओ
काठमाडौं । मारुती सिमेन्टले अन्तर्राष्ट्रिय स्तरको मापदण्ड प्राप्त गर्न सफल भएको छ ।
मारुती एक दशक अगाडि नेपाली सिमेन्ट जगतमा सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो ।
पूर्वाञ्चलको उदयपुर पहाडी क्षेत्रमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक रोटेरी टेक्नोलोजीको ग्रीनफिल्ड प्लान्टद्वारा ओ.पि.सी. मारुती सिमेन्टको उत्पादन भैरहेको छ ।
हालै मात्र, मारुती सिमेन्टले आफ्नो गुणस्तरलाई अझ निखार्दै नेपाल गुणस्तर तथा नापतौल बिभागबाट अन्तर्राष्ट्रिय स्तरको मापदण्ड प्राप्त गर्ने क्रममा क्लिंकर ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्री वितरणको लागि एन.एस/आई.एस.ओ ९००१ः२०१५ प्राप्त गरेको छ ।
क्लिंकर क्रशिङ, ग्राइन्डिङ र क्लिंकराइजेशन एवं ओ.पि.सि. सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ) को लागि एन.एस/आई.एस.ओ १४००१ः२०१५ द्वारा सम्मानित नेपालकै पहिलो कम्पनी बन्न सफल भएको छ ।
कम्पनीका ब्राण्ड म्यानेजर राजु श्रेष्ठले भने, “यसको मुख्य श्रेय सम्पूर्ण उपभोक्ता महानुभाव, शुभचिन्तकवर्ग तथा मारुती सिमेन्टसँग आबद्ध सम्पूर्ण सहकर्मीहरुलाई दिन चाहन्छौँ ।
साथै, कम्पनीको तर्फबाट आभार व्यक्त पनि गर्दछौँ र आगामी दिनहरुमा पनि अझ दरिलो विश्वासको साथ आफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउँदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहिरहने छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिया निर्यात रोकिएपछि उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण, व्यापार सम्झौता पुरा नगरेको आरोप
-
वीरगञ्जमा एक जनाको शव फेला
-
केपी ओलीको अभिनय : वान टेकमा ओके
-
राष्ट्रपति र कतारका राजाबिच आपसी सम्बन्ध मजबुत बनाउनेबारे छलफल
-
कतारी राजाको सवारी रुट खाली, तस्बिरहरू
-
इलाममा डकेन्द्रलाई हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ