शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टीभीएस मोटर र जगदम्बाको तिन बर्षे यात्रा, दरवारमार्गमा स्ट्रीट फेस्टिभल

सोमबार, ०८ असोज २०७५, १९ : २८
सोमबार, ०८ असोज २०७५

काठमाडौं । चर्चित दुई पाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी उत्पादक कम्पनी टीभीएस मोटरले आफ्नो नेपालको लागि वितरक कम्पनी जगदम्बा मोटर्ससँगको सहकार्यमा काठमाडौंको दरवारमार्गमा सडक म्यूजिक फेस्टिभल आयोजना गर्यो ।

उक्त फेस्टिवल टीभीएस मोटर र जगदम्बा मोटर्सको तीन बर्षको यात्रा पुरा भएको उपलक्ष्यमा आयोजना गरिएको हो ।

काठमाडौंको दरबारमार्गमा आयोजित उक्त सडक म्यूजिक फेस्टिभलमा भारतीय चर्चित र्यापर तथा गायक बादशाह तथा नेपाली कलाकार इन्दिरा जोशी, एड रे तथा एज ब्याण्डले आफ्नो प्रस्तुति दिएका थिए ।

साथै, बुगि उगिका तीन फाइनलिस्टले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

टीभीएस मोटर कम्पनी र जगदम्बा मोटर्सको तीन बर्षे बलियो सहर्कायमा बिभिन्न उत्पादनहरु नेपाली बजारमा भित्रिएको छ, जसमा हालै मात्र सार्वजनिक गरिएको टीभीएस अपाचे आर आर ३१०, टीभीएस एनटर्क १२५ र टीभीएस अपाचे १६० ४भि रहेको छ ।

कम्पानीको सहकार्य तथा नेपाली सर्मथक तथा ग्राहकहरुका लागी यो उत्सब आयोजना गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप