४ नयाँ स्मार्ट फोनसहित जिओमी इन्डिया नेपालमा

काठमाडौँ । विश्वकै अग्रणी स्थानमा रहेको जिओमीले नेपाली बजारमा आधिकारिक रूपमा प्रवेश गरेको घोषणा गरेको छ र लगत्तै मीआई, ए२, मीआई ए२ लाईट, रेडमी ६ तथा रेडमी ६ए पनि उपलब्ध गराउने भएको छ ।
जिओमी इन्डियाबाट नेपाल आएका वैदेशिक विस्तारका प्रमुख सङ्केत अगरवालले भने, “नयाँ प्रविधिलाई बजारमा ल्याई सम्पूर्ण ग्राहकहरूलाई सुलभ मूल्यमा फोनहरू उपलब्ध गराउनु हाम्रो प्रतिबद्धता हो । नेपाली बजारमा यी फोनहरू ल्याउन पाउँदा हर्षित छौँ ।
गत केही वर्षदेखि नेपाली बजारमा स्मार्ट फोनले राम्रो स्थान लिएको छ र बजारसँग सहकार्य गर्न उत्सुक पनि छौँ । यहाँका लाखौँ एमआई समर्थकहरूको साथ पाएर एउटा मीठो कथा लेख्ने हाम्रो विश्वास छ ।“
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ