बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ईटहरीमा पहिलो उच्च गुणस्तरको सपिङ्ग मल सेन्ट्रल प्लाजा र सिनेमा हल सिनेफ्लिक्स संचालन

सोमबार, ०८ असोज २०७५, १९ : १६
सोमबार, ०८ असोज २०७५

इटहरी । श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटीले ईटहरीको केन्द्रमा पहिलो आकर्षक सपिङ्ग मल सेन्ट्रल प्लाजा र अत्याधुनिक सुविधायुक्त उच्च गुणस्तरको सिनेमा हल सिनेफ्लिक्स संचालनमा ल्याएको छ ।

उद्घाटन समारोहमा श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटीका डाइरेक्टर राजेश श्रेष्ठले भने, 'हामीलाई विश्वास छ पहिलो पटक ईटहरीमा खुलेको यस सिनेमा हल र सपिङ्ग मलले ईटहरीका दर्शकहरुलाई मनोञ्जनको उत्कृष्ट अनुभव गराउनेछ ।' 

बजारको आकर्षक स्थलमा रहेको १० तल्ले यस सपिङ्ग मलको ग्राउन्ड फ्लोर देखि तेस्रो तल्ला सम्ममा अन्तराष्ट्रिय ब्रान्डको पसलहरु रहनेछन् जहाँ संसारका फेसन ट्रेन्डको थरिथरिका लुगाहरु पाइनेछ र भवनको चाँैथो तल्लामा फुड कोर्ट, गेमिङ्ग जोन र किड जोन रहनेछ । 

सिनेफ्लिक्स मल्टिप्लेक्स भवनको पाँचौ तल्लामा रहेको छ । ईटहरीमा पहिलो पटक बनाइएको लक्जरी मल्टिप्लेक्स मा दुई वटा स्क्रिन रहेका छन् । २७० सीट क्षमताको उक्त मल्टिप्लेक्सको स्क्रिनहरुमा पछिल्ला सबै हिन्दी, नेपाली र अङ्गग्रेजी सिनेमाहरु थ्रीडीमा हेर्न पाइने छ ।

सेन्ट्रल प्लाजाको ६ देखि ९ तल्लामा श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटीको नयाँ लगानीको होटल भरन्डा रहनेछ । यो होटलमा ३६ आकर्षित कोठाहरु हुनेछन् र सबै कोठामा ईटहरी शहरको दृश्य देख्न सकिने बरन्डाको व्यवस्था हुनेछ ।

    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप