शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विषाक्त मदिरा प्रकरणः सोमबार थप २ नेपालीको मृत्यु, मर्ने नेपालीको सङ्ख्या ९ पुग्यो

सोमबार, ०८ असोज २०७५, १९ : १४
सोमबार, ०८ असोज २०७५

काठमाडौं । मलेसियाको सेलाङ्गोर र क्वालालुम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवन गरेका थप दुई नेपालीको मृत्यु भएको छ । क्वालालुम्पुरस्थित नेपाली दूतावासकाअनुसार सोमबार थप दुई नेपालीको मृत्यु भएको हो । 

यो सँगै मलेसियामा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको सङ्ख्या ९ पुगेको छ । विषाक्त मदिरा सेवनपछि बिरामी परेका सुकुवल घिसिङ र शेर बहादुर ठकुरीको सोमबार मृत्यु भएको हो । 

सेलाङगोरस्थित सुनगाई बुलो अस्पतालमा उपचाररत नेपालको ठेगाना नखुलेका सुकुवल घिसिङ र तुवान्कु जाफर सेरेमबान अस्पतालमा उपचाररत शंकरपुर ५ सर्लाहीका शेरबहादुर ठकुरीको सोमबार मृत्यु भएको दूतावासले जनाएको छ । 

यसअघि दूतावासले दिएको जानकारी र प्रेस विज्ञप्तिमा बिरामी पर्नेहरुको सुचीमा ठकुरीको नाम थिएन । तर दूतावासबाट सोमबार जारी विज्ञप्तिमा भने ठकुरीको नाम मृतकको सूचिमा उल्लेख छ । 
यसअघि असोज ५ गते साँझ सम्ममा ७ जना मृत्यु भएको दूतावासले बताएको थियो । 

यसअघि १७ जना नेपालीहरुले अस्पतालमा उपचार गराएकामा ७ जना अस्पतालबाट डिस्चार्ज भई घर गएका छन् । बाँकी १० जनाको भने अझैँ पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ३ जनाको अवस्था अझै गम्भीर रहेको दूतावासले बताएको छ । 

सोमबार शेरबहादुर ठकुरीको नाम मृतकको सूचिमा परेसँगै मलेसियामा विषाक्त मदिरा सेवनका कारण बिरामी पर्ने र मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । दूतावासको जानकारीमा नआएका अन्य व्यक्ति पनि बिरामी परी उपचाररत रहेको हुनसक्ने बताइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप