शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडलाई क्षति : रहिनन् रुदाली निर्देशक कल्पना लाजमी

सोमबार, ०८ असोज २०७५, १९ : १२
सोमबार, ०८ असोज २०७५

मुम्बई– बलिउड फिल्म निर्देशक कल्पना लाजमीको निधन भएको छ । ६४ वर्षीया लाजमीको आइतबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

किड्नी क्यान्सरबाट पीडित उनको धीरुबाई अन्बानी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । निधनको समाचार पारिवारले बाहिर ल्याएको हो । उनी किड्नीको अलवा लिभरमा समस्याबाट पनि पीडित रहेकी थिइन् ।

कल्पना महिला केन्द्रीत चलचित्र निर्देशक हुन् । उनको हरेक चलचित्रमा महिलाको सशक्त भूमिका रहने गर्दथ्यो । उनी एकपल, रुदाली, चिङ्गारीजस्ता सफल तथा चर्चित फिल्म निर्देशकको रुपमा पनि चिनिँदै आएकी छन् ।

उनी निर्देशित चलचित्र रुदाली ६६ औं अस्करमा सर्वश्रेष्ठ विदेशी भाषाको फिल्ममा छानिन समेत भएको थियो ।

१९९३ को यो फिल्मले राष्ट्रिय पुरस्कार पनि हात परेको छ । यस फिल्मबाट डिम्पल कपाडियाले सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रिय पुरस्कार समेत थापेकी छन् । 
 
उनले टिभी सिरियल ‘लोहित किनारे’को पनि निर्देशन गरेकी थिइन् । सन् २००६ पछि उनका कुनै चलचित्र आएको छैन । कल्पना पेन्टर ललित लाजमीको छोरी तथा विश्वप्रसिद्ध निर्देशक गुरुदत्तकी भतिजी हुन् ।

कल्पनाको निधनप्रति भारतका राष्ट्रपति रामनाथ कोविन्द र आसमका मुख्य मन्त्री सर्वानन्द सोनोवालले पनि शोक व्यक्त गरेका छन् ।
 
हंसल मेहता, नन्दिता दाश, सोनी  राजदान, रविना टन्डन जस्ता बलिउडमा थुप्रै दिग्गजले समेत उनको निधनप्रति दुःख ब्यक्त गरेका छन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप