बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदिप र जसिताको ‘लभ स्टेशन’ मुर्हूत

सोमबार, ०८ असोज २०७५, १८ : १७
सोमबार, ०८ असोज २०७५

काठमाडौं– उज्वल घिमिरेको निर्देशन रहने चलचित्र ‘लभ स्टेशन’ को शुभ साइत गरिएको छ । सोमबार पशुपतिमा पुजा गर्दै चलचित्रको शुभसाईत गरिएको हो ।  शुभसाइत समारोहमा निर्देशक घिमिरे, अभिनेता प्रदिप खड्का, अभिनेत्री जसिता गुरुङ, कलाकार तथा निर्देशक रमेश बुढाथोकी, निर्माता गोबिन्द शाही लगायतको उपस्थित रहेको थियो । 

प्रदिप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाहलगायत कलाकारको अभिनय रहने चलचित्रको यहि शुक्रबारबाट भारतको दार्जिलिङ देखि छायाँकन सुरु हुँदैछ । 
त्यसपछि कालिङपोङ, सिक्किमलगायत नेपालको पूर्वी भेगका इलाम, फिक्कलमा समेत चलचित्र खिचिनेछ । 

चलचित्र छायाँकनका लागि कलाकार सहितको जम्बो टोली मंगलवार त्यसतर्फ प्रस्थान गर्ने निर्माता गोविन्द शाहीले बताए । ५० दिनको छायाँकन तालिका बनाइएको चलचित्र पारिवारिक प्रेमकथामा आधारित हुने निर्देशक घिमिरेले बताए ।

आलोक शुक्लाको छायांकन रहने चलचित्रमा शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप