माल्दिभ्सका राष्ट्रपति यामीनद्वारा हार स्वीकार, आशंका गरिएको राजनीतिक संकट टर्यो
एजेन्सी । माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिनले सोमबार निर्वाचनमा आफ्नो हार स्वीकार गरेका छन् । यो घोषणासँगै यो द्वीप राष्ट्रमा ताजा राजनीतिक संकट निम्तिने हो कि भन्ने गरिएको डरको अन्त्य भएको छ ।
“माल्दिभ्सका जनताले आफ्नो चाहना मतदान मार्फत व्यक्त गरेका छन् । हिजोको परिणाम स्वीकारेको छु,” अब्दुल्ला यामीनले टेलिभिजन सम्बोधनमा भने ।
आइतबार भएको निर्वाचनमा विपक्षीहरुको गठबन्धनले उठाएको संयुक्त उमेद्वार इब्राहिम मोहमद सोहिह विजयी भएका थिए ।
“आज सबरै, मैले इब्राहिम मोहमद सोलिहलाई भेटें । मालदिभ्सका मतदाताहरुद्वारा आफ्नो भावी राष्ट्रपतिको रुपमा चुनिएका सोलिहलाई मैले बधाई दिएँ,” यामिनले भने ।
विपक्षी उमेद्वारले निर्वाचन जिते पछि देश भित्र र बाहिर यामीनले परिणामलाई स्वीकार्ने हुन् कि होइनन् भनेर अन्यौलता र चिन्ता छाएको थियो ।
निर्वाचन आयोगले सार्बजनिक गरेको परिणाममा यामीनले कुल खसेको मतमध्य ४१.७% मत र सोलिहले ५८.३ प्रतिशत मत पाएको देखाएको छ ।
शुरुमा यो परिणामा आउदाँ यसलाई अत्यन्त अनपेक्षित मानिएको थियो । यामीनका प्रमुख राजनीतिक प्रतिस्पर्धीहरु जेल वा निर्वासनमा रहेको र विपक्षीहरुले निर्वाचनको बेला मिडिया कभरेज समेत अत्यन्त न्यून पाएका थिए । यसले गर्दा निर्वाचन अघि कयैनमा यामीनले निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्नको लागि धाधली गर्ने हो भन्ने डर पनि पसेको थियो ।
विदेशी निर्वाचन पर्यवेक्षकलाई निशेध गरिएको र थोरै मात्र विदेशी मिडियालाई मात्र निर्वाचनको बेला देशमा प्रवेश दिएकाले पनि डर बढाएको थियो ।
यामीनको पराजय लगभग आइतबारनै निश्चित भइसकेको थियो । आइतबारनै विपक्षीहरुले पत्रकार सम्मेलन गरेर निर्वाचन आफूहरुले जितेको घोषणा गरेका थिए ।
आइतबार र रातभरको मौनता पछि अन्तत यामीनले आफ्नो पराजय स्वीकारे । तर यसको संकेत केही अघिदेखिनै देखिन थालेको थितयो । सोमबारनै विदेश मन्त्रालयले जारी गरेको एक वक्तव्यमा सोलिहले जितेको भनिएको थियो । साथै सरकारी मिडियाले पनि विपक्षीहरुले आफूले निर्वाचन जितेको दावी गरेको समाचार प्रसारण गर्न थालिसकेका थिए ।
आइतबार भएको निर्वाचनमा माल्दिभ्सका २,६२,००० मतदाताहरु मध्य ९० प्रतिशतले मतदान गरेका थिए ।
निर्वाचनमा विजयी भएपछि राजधानी मालेमा मानिसहरु सोलिहको पार्टी माल्दिभ्स डेमोक्रेटिक पार्टीको पहेंलो झण्डा सहित सडकमा निश्किएर नाचगान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन