बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेवारिसे भेटिएकी सुत्केरी महिला बच्चासहित काठमाडौंमा

सोमबार, ०८ असोज २०७५, १५ : १७
सोमबार, ०८ असोज २०७५

नवलपरासी– पश्चिम नवलपरासीको परासीमा बच्चासहित फेला परेकी एक सुत्केरीलाई उपचारका लागि काठमाडौं पठाइएको छ । 

रामग्राम नगरपालिकाले उपचार खर्चको व्यवस्थापन गर्ने गरी मानसिक सन्तुलन गुमाएकी ती महिलालाई आवश्यक उपचारका लागि काठमाडौँ पठाइएको हो । सुत्केरीको मानसिक अवस्था राम्रो नभएकाले रामग्राम नगरपालिकाको सहयोगमा कोसिस नेपाल नामक संस्थाले उपचारका लागि काठमाडौँ लगेको नगरपालिकाका प्रमुख नरेन्द्रप्रसाद गुप्ताले बताए । 

बच्चा जन्माइरहेको, रगताम्य र बच्चाको नाल नकाटिएको अवस्थामा फेला परेकी ती महिलालाई उद्धार गरी बच्चा र आमाको जिल्ला अस्पतालमा उपचार गरिएको थियो । अस्पतालमा बच्चा र आमा दुवैको उपचार भएकोमा बच्चाको अवस्था राम्रो रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा.अनन्तकुमार शर्माले जानकारी दिए । 

महिलालाई मानसिक सन्तुलनको उपचार गर्न तीन महिनाका लागि राजधानी पठाइएको नगर उपप्रमुख रम्भा कुँवरले बताइन् । तीन महिनाको उपचार खर्च नगरपालिकाले व्यहोरेको छ । बच्चालाई भने अहिले अस्पतालमा राखिएको छ । अस्पतालका स्वास्थ्यकर्मीले बच्चाको रेखदेख गर्दै आएको स्वास्थ्य अवस्था राम्रो रहेको डा.शर्माले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप