शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आयोजना लम्ब्याउने छुट कसैलाई छैन्: अर्थमन्त्री खतिवडा

सोमबार, ०८ असोज २०७५, १४ : ४५
सोमबार, ०८ असोज २०७५

 तेजेन्द्र के. सी.

बुटवल– अर्थमन्त्री डा.युवराज खतिवडाले ठुला आयोजनाहरु समयमा पुरा गर्नको लागि निजी क्षेत्रलाई निर्देशन दिएका छन् । देशमा एकपछि अर्को आयोजनाहरु सम्पन्न गर्न ढिलाई भएकोप्रति चिन्ता प्रकट  गर्दै  मन्त्री खतिवडाले आयोजनाहरु सम्पन्न गर्न ढिलाई गर्ने छुट अब निजी क्षेत्र र सरकार कसैलाई नभएको चेतावनी दिए ।

बुटवल उद्योग वाणिज्य संघको ६५ औं साधारणसभालाई बुटवलमा आज सम्बोधन गर्दै मन्त्री खतिवडाले निजी क्षेत्रसगँग समन्वय गर्नको लागि सरकार तयार रहेको समेत बताए । उनले निजी  क्षेत्रले कतै आफ्नो क्षमताले नभ्याउने योजनाहरु पनि हात हालेका हुन्की भन्दै प्रश्न समेत गरे ।

उनले भने, ‘सरकारका केही कमजोरी छन् भने स्पष्ट रुपमा भन्नुहोस्, हामी सच्चिन र  जवाफ दिन तयार छौं तर निजी क्षेत्र पनि आफुले शुरु गरेको आयोजना समयमा पुरा गर्ने मामिला चुक्नु हुदैन् ।’
आयोजनामा पैसा अभाव नहुने तर समय एकपछि अर्को गर्दै थपिँदै जानुमा केही निजी क्षेत्र  समस्या भएको अर्थमन्त्रीले स्पष्ट पारे ।

लगानीलाई एकद्वार प्रणालीबाट अघि बढाउने, कम्पनी कानून, औद्योगिक व्यवसाय, विदेशी लगानी प्रर्बद्धन, विदेशी विनिमय, बैंकिङसँग सम्बन्धित कानूनहरु संशोधन भएर लगानीमैत्री वातावरणमा जाने अर्थमन्त्री खतिवडाले जानकारी गराए । देशमा लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको समेत उनले स्पष्ट पारे ।

उनले लगानीमैत्री वातावरण बनाउन आवश्यक कानूनहरु २ महिनाभित्र संशोधन भइसक्ने पनि बताए । उनले संघ, प्रदेश र स्थानीय तह तीनवटै तहको सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर समृद्धिको बाटोमा अघि बढ्ने बताए । केन्द्रले अधिकार  बिस्तारै तत्लो तहलाई दिने समेत बताए ।

अहिले देखिएको बैंक ब्याजदर महँगो हुने समस्या धेरै नरहने अर्थमन्त्री खतिवडाले स्पष्ट पारे ।  शुरुमा १० प्रतिशत ब्याजदरलाई घटाउँदै ५ प्रतिशतमा  झारेको र  अझै केही  घट्ने समेत उनले बताए । उनले  रुपन्देहीको भैरहवा भन्सार कार्यालयमा स्तरन्नोती गर्ने विषयमा  छलफल भइरहेको र भैरहवाको सेजको समस्या समाधान गर्नको सरकार लागि रहेको स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप